Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

योगेश भट्टरार्इलार्इ विष्णु रिमालको काउन्टरः साथीहरू उम्लिनुभयो

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेताहरुबीचमा विवाद नभएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रिमालले संचार माध्यममा आएजस्तो विवाद र चर्काचर्की नभएको जिकिर गरेका हुन् । नेताहरुबीचमा संवाद भइरहेको दावी गर्र्दै रिमालले विवाद हुनुपर्ने विषय नभएको उनको भनाई छ । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला नेता माधवकुमार नेपालले देश डुब्न लाग्यो, सरकारको काम प्रभावकारी भएन भनेर संसदमा भनेको विषयलाई रिमालले ठूलो विवाद बनाउन नहुने बताए । कतिपय विषयमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने आग्रहलाई विवादको रुपमा लिन नहुने रिमालको भनाई छ । ओलीसँगै अमेरिका भ्रमणमा रहेका रिमाल र नेपालमै रहेका नेता योगेश भट्टराईबीच ट्वीटमै आरोप प्रत्यारोप भएको थियो । यस विषयमा प्रश्न गर्दा रिमालले भने, “ट्वीट सुइटका विषयमा जान आवश्यक छैन । सबैले आफ्ना विचार लेख्ने हो । साथीहरु किन उम्लिनुहुन्छ ? किन पोखिनुहुन्छ त्यो मलाई थाहा छैन ।” टुइटमा लेखिएको विषयलाई समाचार बनाउनु गलत भएको भन्दै उनले अरु विषय नपाएर आफूहरुको टुइटमा राखिएका विचारलाई नै समाचार बनाइएको आरोप लगाए । दलभित्रकै नेताहरुले सरकारको आलोचना गर्नु सरकारको काम प्रभावकारी रुपमा होस् भन्ने चाहना भए पनि केही साथीहरुले कुरा नबुझी आलोचना गर्ने गरेको रिमालको भनाई छ । अहिले सरकारको आलोचना गर्ने समय नभएको बताउँदै रिमालले सरकारले राम्रा काम गरिरहेको दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending