Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

यसकारण यौनकर्मी कहाँ धाउन थालें

त्यो अस्मरणीय रात थियो। अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ।

मेरो इच्छा पूरा भइरहेको थियो। त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो। म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ।

इज्जत

महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ। मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ। उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो। निजी कम्पनीको जागिरको के भरोसा? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन। त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन। मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि। हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ। सम्भवत: त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ। गिलासमा रक्सी हाल्दै उसले भन्यो, \"किन यति तनाव लिन्छौ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ। दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ।\" म तनावमा थिएँ। तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ। \"\"

सजिलो

मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ। तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो। त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो। आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो। तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो। उहाँको रिस उत्कर्षमा पुग्यो। बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो। \"तिमीलाई लाज लागेन त्यस्तो गर्दा? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो।\" आमा र दिदी रोइरहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो। साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग माफी पनि मागेँ। उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त? बुवाको यो प्रश्नको उत्तर मसँग थिएन। दिदी र भिनाजु पनि कराइरहनुभएको थियो। उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु। दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, \"एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ। पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन्।\" \"महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन्। तिमी पनि ३१ वर्षको भइसक्यौ। यो प्रस्तावलाई स्वीकार गरिदेऊ।\" \"तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ।\" \"\"

असन्तुष्ट

तर मलाई त कोही अरू नै मन परिसकेको थियो। उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ। उनी होटलमा हाउस-किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन्। पैसा थोरै कमाउँथिन्। तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन्। तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन्। मसँग बिहे गर्न उनले अस्वीकार गरिन्। उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो। म अधुरो अधुरो लाग्न थालेँ। त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्। वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो। मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ। मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए। \"\"

स्वतन्त्र चरा

समाज नै यस्तो छ। अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ। नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी। कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ। कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो। म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ। अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो। भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ। म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ। अहिले मेरो मासिक तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ। बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन। तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending