Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संविधान निर्माण र सहमतिको सरकारबारे पाँच दिनभित्र टुङ्गो लगाइने

काठमाडौँ, संविधान निर्माण, राष्ट्रिय सहमतिको सरकार गठन तथा भूकम्पपीडितलाई राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गर्न अाइतबार बसेको प्रमुख चार दलको बैठकमा पाँच दिनभित्र ती विषयमा निचोडमा पुग्ने समझदारी भएको छ ।

पीडितलाई पुनःस्थापना र ध्वस्त संरचनाको पुनःनिर्माणलाई अगाडि बढाउन पनि सहमतिको सरकार आवश्यक भएकामा त्यसमा सबै दलको सैद्धान्तिक सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित थिए । बैठकमा संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा छलफल भएको थियो । बैठकमा ती विषयमा गम्भीर वार्ता सुरु भएको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकारलाई बताए ।

\'संविधान निर्माणका विषयमा सुनिश्चितता दिन सकियो भने भूकम्पले आहत भएका जनताका लागि राहत हुुन्छ, त्यसैले टुङ्गो लगाउन बाँकी राज्य पुुनःसंरचनाका विषयमा सोमबार पुनः बसेर सहमति जुटाउने कुरा भएको छ\', अध्यक्ष दाहालले भने, \'यही जेठ २० गतेसम्म यी विषयमा सहमतिमा पुुगिने गरी छलफललाई अगाडि बढाएका छौँ, यो विषयलाई टुङ्गोमा पुर्याएपछि पुनःस्थापना र पुनःनिर्माणका विषयमा पनि सहमति गरेर अगाडि बढ्नु आवश्यक छ ।\'

बैठकमा सहभागी काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्न सहमति जुटाएपछिमात्र राष्ट्रिय सहमतिको सरकारका बारेमा अगाडि बढ्ने सहमति भएको बताए । \'संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारका विषयमा पाँच दिनभित्र सहमतिमा पुग्ने गरी छलफललाई तीव्रता दिने सहमति भएको छ\', उनले भने ।

एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा छिटो निचोडमा पुग्न सबै दल सहमत भएको बताए । \'निश्चित मिति र कार्यतालिका तोकेर सहमतिको सरकार गठन र संविधान निर्माणका विषयमा टुङ्गोमा पुग्ने सम्बन्धमा सबै दल सहमत देखिएका छन्\', उनले भने ।

भूकम्पपछि राष्ट्रिय सङ्कट उत्पन्न भएका बेला बसेको संसद् बैठकबाट पारित साझा सङ्कल्प प्रस्तावको मर्मअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल गहन छलफलमा जुटेका हुन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies