Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार, नेतृत्व केपी शर्मा ओलीले गर्ने

भक्तपुर,  नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले भूकम्पले निम्त्याएको विपत व्यवस्थापन गर्न राष्ट्रिय सहमितको सरकार बन्ने र त्यस्काे नेतृत्व केपि अाेलीले गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आइतवार गरेको साक्षात्कार कार्यक्रममा उनले भूकम्प पीडित जनतालाई राहत, पुनःनिर्माण र पुनर्बास गर्नका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको बताए । उनले भने ‘अब बन्ने सरकारले भूकम्प पीडितहरुलाई पुनर्बासको व्यवस्था गर्ने, संविधान निर्माणलाई पूर्णता दिने, स्थानीय निकायको निवार्चन गर्ने लक्ष्य हो ।’ नेपाली काँग्रेस वा एमाओवादीलाई बाहिर राखेर राष्ट्रिय सरकार निर्माण हुन नसक्ने भन्दै सचिव ज्ञवालीले राष्ट्रिय सहमतीको सरकारका लागि कम्तिमा ठूला तीन दल सहभागि हुनै पर्नेमा जोड दिए । वर्तमान सुशील कोइराला नेतृत्वको सरकारले भूकम्प पीडितहरुका लागि पुनःबार्स र पुनःनिर्माण सञ्चालन गर्न नसक्ने देखिए पछि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको चर्चा गर्दै उनले भने ‘कसैलाई मन्त्री र प्रधानमन्त्री बन्ने रहरलाई पूरा गर्न मात्र राष्ट्रिय सरकार निर्माण गर्ने भनिएको होइन ।’ एक महिनाभित्र सुशिल कोइरालाको नेतृत्वको सरकारले संविधान निर्माण सहित प्रभावकारी उपस्थिति जनाउन सक्ने अवस्था देखिए यही सरकारलाई राष्ट्रिय सहमतीको सरकार निर्माण गर्न सकिने उनको भनाइ छ । राष्ट्रिय सहमतीको सरकारका लागि सबै दलहरु लचक बनेकाले ढिलोमा एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बनि सक्ने उनले दाबी गरे । घुमाउरो पारामा अब बन्ने राष्ट्रिय सहमति सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्माले गर्न सक्ने दाबी गर्दै उनले यही सरकरालाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने भए पनि एमालेलाई कुनै आपत्ति नहुने बताए। सरकारले नै भूकम्प पीडितहरुका लागि स्वंयम् सेवक दस्ता तयार गर्ला भनेर एमालेले हप्तौं पर्खदा समेत केहि नगरेपछि स्व्यंम्सेवक दस्ता तयार गरेको भन्दै सरकारले स्वयंमसेवक तयार गरेको भए पार्टीहरुले छुट्टै स्वयमसेवक तयार गर्नु जरुरी नभएको उनको भनाई थियो । अब पनि भूकम्प पीडित जनतालाई राहत मात्र प्रदान गर्ने हो भने नेपालीहरु मगन्ते हुने भन्दै ज्ञवालीले अब राहत भन्दा पनि अस्थायी पुनबार्संको व्यवस्था गर्नु जरुरी छ । नेपालमा एनजीओ र आईएनजीयोहरुले विपद्को समयमा आफ्नो प्रभाव देखाए तापनि सरकारको नीतिभन्दा पर गएर कार्य गर्ने अधिकार कसैलाई नभएको उनको टिप्पणी थियो । नेपाल सरकारलाई असफल देखाउन र राजनीतिक दलहरुलाई असफल देखाउन जसरी बिभिन्न देशका एनजिओ र आईएनजियो लागिरहेका छन् यसले नकरात्मक असर पार्ने भन्दै ज्ञवालीले भन्नु भयो राष्ट्र निमार्ण नेपालीले नै गर्ने हो , सहयोग सबैको आवश्यक रहेतापनि कैसैको लागि नेपालीको स्वाभिमान झुक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies