बुटवल, १९ असोज । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवैध सामानसहित प्रहरीले आज दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी–७ का ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित गोयल रहेका छन् । राजश्व भन्सार सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्काभेटरको पार्टस र त्यसको ढुवानीका लागि प्रयोग गरेको डिएल ११ सिए ८८४१ नंको भारतीय महेन्द्र केयुभी गाडीसहित दुबै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएको समानको भन्सार मूल्य रु १६ लाख दुई हजार रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पछिल्लो एक महीनामा भन्सार छलेर नेपाल भित्रियाइएका करीब रु ३० लाखभन्दा बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको राजश्व भन्सार सुरक्षा गुल्म रुपन्देहीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीले जानकारी दिए ।
भन्सार छलेर नेपाल भित्रिएका अवैध कुखुरा, कुखुराका चल्ला र मासुसमेत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पछिल्लो एक महीनामा करीब रु ६ लाख ७५ हजारभन्दा बढीको बरामद गरी नष्ट गरेको उनले जानकारी दिए । उनले सीमा क्षेत्रमा भन्सार छलेर लत्ताकपडा, किराना सामान तथा गाडीको टायर मोटरपार्टस, मरिच, मरमसला, चिनीलगायत अत्यधिक मात्रामा नेपाल भित्रिएका समान बरामद हुने गरेको जानकारी पनि उनले दिए। रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: