Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अखिल क्रान्तिकारीभित्र भाँडभैलोः एकले अर्कोलार्इ छ्यापे छ्याप्पै हिलो !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का विद्यार्थी संगठनले बिहिबार (हिजो) गृहमन्त्री रामबहादुर थापा बादललार्इ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाए । तत्कालिन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालिन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले देशमा बलात्कार र हत्या दिनानुदिन बढिरहेकोमा प्रहरीले हत्यारालार्इ कारबाहि गर्न नसको भन्दै बर्खास्तको माग गरेका हुन् । निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको तर्फबाट गम्भीर कमजोरी भएको तथ्य स्वतन्त्र छानबिन समितिले समेत गरिसकेको अवस्थामा महानिरीक्षक खनाललाई सरकारले हटाउनुपर्ने बताए । \"\" तत्कालिन माओवादी केन्द्रको अखिल क्रान्तिकारीभित्र यहि बिषयले बिवाद उत्पन्न गरेको छ । अध्यक्ष तामाङले ज्ञापनपत्र बुझाएको केहि समय पछि अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले संगठनको निर्णय र छलफलबिना नै यसरी ज्ञापनपत्र बझाएर हल्ला भएको धारणा सार्वजनिक गरे । दुबै संगठनका अध्यक्षको नेतृत्वमा गएको टोलीलार्इ दिपेशको टिप्पणी छ \'यो दुईचारदिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केहि होईन ।\' हामिले यहि बिषयमा तत्कालिन माओवादी केन्द्रको अखिल क्रान्तिकारीभित्रको विवाद के हो भनेर प्रवक्तासमेत रहेका अर्का उपाध्यक्ष सुरेन्द्र बस्नेतलार्इ सोध्याैं । बस्नेतको भनार्इ यस्तो छ- \'दुबै संगठनका अध्यक्षको नेतृत्वमा गएका हाैं । हामि उपाध्यक्षहरूलगायत अरू पदाधिकारी पनि छाैं । अब यसलार्इ अाधिकारिक होइन भन्न मिल्ला ? कोहि साथीहरू अाउनु भएन उहाँहरूको व्यक्ति रूपमा असहमति होला । बर्खास्तको माग गरेको संगठनको अाधिकारिक निर्णय हो । बलात्कारी र हत्यारालार्इ पक्राउ र कारबाहि गर्न नसक्नेलार्इ बर्खास्त माग गरेका हाैं । दिपेश पुनले फेसबुकमा लेखेको कुरा संगठनको अाधिकारिक होइन् ।\' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् \'दुवै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्ष भन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्का रुपमा त्यो पनि सरकारविरुद्व चौतर्फी घेराबन्दि भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाउने कुरा काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर हो । यो दुईचारदिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होईन ।।।\' त्यसो उपाध्यक्ष पुनले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेको केहि समयपछि अध्यक्ष तामाङले स्ट्याटस पोष्ट गरे । उनले लेखे \'संगठनलाई मण्डलेकरण हुनबाट जाेगाउन सान्दर्भिक ठानेकाे छु ।\' त्यस्तै उपाध्यक्ष पुनलार्इ अर्का उपाध्यक्ष बस्नेतले काउन्टर गरे । बस्नेतले प्रहरीको रवैयाले सरकारलार्इ बदनाम गरेको भन्दै कुनै अमुक हाकिमको कसैले बचाउ गर्नु जरुरी नरहेको धारणा सार्वजनिक गरे । बस्नेतले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे \'पुलिस मुछिएकै कारण निर्मला पन्तका हत्यारा पत्ता लाग्न विलम्ब भएकोमा कुनै द्विविधा छ र ! पुलिसको रवैयाले सरकारलाई बदनाम गरिरहेको छ। हामीलाई निर्मलाको हत्यारा चाहियो, कुनै अमुक हाकिमको कसैले बचाउ गर्नु जरुरी छैन ।\' र, फेरि बस्नेतले अर्को स्ट्याटस लेखे \'बलात्कार र हत्याकाण्डको विरोध नगरेर के समर्थन गर्नु त महाशय ?\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: