Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

बिद्यार्थी संगठनलार्इ गृहमन्त्रीको बाचाः एक साता कुर्नुस निर्मलाको हत्यारालार्इ कारबाहि हुन्छ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उहाँले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् । ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारवाही गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । त्यस्तै हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् । विद्यार्थी सङ्गठनले दैनिकजसो बलात्कारका घटना, तेजाब प्रहारका शृङ्खला र हत्याको घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङलगायत विद्यार्थी सङ्गठनका पदाधिकारी गृह मन्त्रालय पुगेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending