भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताएका छन् । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने बताए । देशको २४ सय वडामा कुनै पनि स्वास्थ्य संस्था नरहेकाले अब ती वडामा स्वास्थ्य संस्था सञ्चालन गर्न सरकार लागिरहेको बताउँदै कुनै पनि संस्था सञ्चालन गर्न जागिरे मानसिकता त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिए । देशमा ८० प्रतिशत जनता गाउँमा रहेको तर गाउँमा १० प्रतिशत डाक्टर पनि नजाने गरेको बताउँदै राज्यमन्त्री यादवले यस केन्द्रका लागि भने आवश्यक डाक्टर पठाउन पहल गर्ने बताए । मुटु रोग, क्यान्सर, मिर्गौला, कलेजोजस्ता विभिन्न रोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले धूमपान र मद्यपानको सेवन गर्ने शिक्षित व्यक्तिको सङ्ख्या बढ्नु थप चिन्ताको विषय रहेको बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले यस अस्पतालमा अहिले मिर्गौला डायोलोसिसका लागि ६००, मिर्गौला प्रत्यारोपणका लागि ४०० र कलोजो प्रत्यारोपणका लागि १८ जना बिरामी पालो कुरेर बसेको बताए । बिरामीको अत्यधिक चाप बढे पनि जनशक्ति र ठाउँको अभावका कारण बिरामीलाई पालो कुराउनु पर्ने अवस्था आएको बताउँदै उनले सरकारले ठाउँ र आवश्यक जनशक्ति उपलब्ध गराए अहिलेको भन्दा तेब्बर सेवा दिन सकिने बताए । मुटुको ओपन हार्ट सर्जरीसहितको २४ घण्टे मुटु उपचार सेवा सञ्चालन गर्न सक्ने उच्च प्रविधिको उपकरण केन्द्रसँग रहे पनि आवश्यक चिकित्सक नहुँदा मुटुरोग उपचार सेवा २४ घण्टा सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । उहाँले सरकारसँग २४ सँै घण्टा मुटु रोग उपचार गर्न सक्ने गरी जनशक्ति र ठाउँ प्रदान गर्न माग गरे । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा मोहनदेव भण्डारीले कोटेश्वरबाट पूर्व दैनिक हुने घण्टाैं जामले धेरै मुटु रोगी बिरामीको ज्यान लिएको बताउँदै पूर्वका बासिन्दाका लागि नजिक एवं सहज सेवा पाउने गरी यस केन्द्रमा मुटुको २४ घण्टे उपचार सेवा सञ्चालन गर्नु अति आवश्यक रहेको बताए । केन्द्रले अहिले दैनिक मुटु रोग परीक्षणसँगै क्याथ ल्याब सेवा पनि सञ्चालन गरिरहेको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा सम्पूणमान तुलाधर, अन्तर्राष्ट्रिय क्षेत्रका डा एलि मियूलियर, केन्द्रका नर्सिङ इञ्चार्ज दुर्गा श्रेष्ठ, क्याथ ल्याब सेवाका नर्स सञ्चिता दुलाललगायतले केन्द्रमा रु २० करोडभन्दा बढीको सुविधा सम्पन्न उपकरणलाई जनशक्ति अभावमा नियमित प्रयोगमा ल्याउन नसकेको बताउँदै नेपालमै नभएका अत्याधुनिक उपकरणलाई प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्था गरिदिन सरकारसँग आह्वान गरे । कार्यक्रममा केन्द्रको मुटु सेवामा सहयोग पु¥याउने शहीद गङ्गालाल हृदयरोग केन्द्रमा विशेषज्ञ डा राजीवराज भण्डारी र केन्द्रकी पूर्व नर्सिङ इञ्चार्ज इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: