Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

निर्मला हत्याको छानबिनबारे सर्वेन्द्रको खनालको यस्तो खुलासा

सोलुखुम्बु । नेपाल प्रहरीका महानिरिक्षिक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्वीकार गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताएका छन् । नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषिपत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याए । केही ब्यक्तिका कारण सिंगो संगठन बद्नाम भईरहेको भन्दै सुनकाण्डका ठूला माछा खोज्ने अभियानमा रहेको महानिरिक्षक खनालले जानकारी दिए । लापरबाही गर्ने ठेक्केदारलाई तह लगाउने अभियान नरोकिएको भन्दै उहाँले निर्माण क्षेत्रको दादागिरी अन्त्य गर्ने उद्घोष गरे । साक्षात्कारमा पत्रकारको जिज्ञाशाको जवाफ दिँदै प्रहरी प्रमुख खनालले देशमा गुण्डा राजको अन्त्य गर्ने उद्घोष गर्दै राजनैतिक संरक्षणमा हुने त्यस्ता गतिविधिको पनि अन्त्य गर्ने धारणा राखे । दशैँ तिहार र छठ पर्व जस्ता चाडबाडको लागि उच्च सुरक्षा सतर्कता अपनाएको खनालको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending