Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

'बन्दुकको छायामा हुर्केको' अफगान क्रिकेट

दुबईमा हालै सम्पन्न एशिया कप क्रिकेटको उपाधि भारतीय टोलीले उचाले पनि सबैको मन जित्ने अफगानिस्तानको टोली रह्यो ।

हुन त अफगानिस्तान फाइनलसम्म पुगेन, तर फाइनल खेलेका भारत र बांग्लादेश दुवैविरुद्ध अफगान क्रिकेट टोलीले धेरै राम्रो खेल्यो । समूह चरणका खेलमा अफगान टोली बांग्लादेश र श्रीलङ्कालाई पछि पार्दै शीर्ष स्थानमा रह्यो भने \'सुपर ४\' चरणमा पनि उसले निकै राम्रो प्रदर्शन गर्‍यो । जितको निम्ति पाकिस्तानलाई कडा चुनौती दिएको अफगानिस्तानले बराबरीमा सकिएको भारतसँगको खेलमा उसले भारतलाई ठूलै दबाबमा राख्यो । [caption id=\"attachment_209178\" align=\"alignleft\" width=\"850\"]\"\" मोहम्मद नबी[/caption]

मान्यता

अफगानिस्तानको कुरा गर्दा लामो समयदेखि त्यहाँ चलिरहेको द्वन्द्व, विद्रोही हमला लगायतका दृश्य हाम्रो मस्तिष्कमा आउँछन् । तर त्यसबीच फस्टाएको त्यहाँको क्रिकेटको विकासको कथा कम चाखलाग्दो छैन । खासमा पाकिस्तानी भूमि हुँदै अफगान सीमाभित्र क्रिकेटले प्रवेश गरेको हो । सन् १९९० ताका पाकिस्तानमा बसिरहेका अफगान शरणार्थीहरू स्वदेश फर्कँदा आफूसँगै क्रिकेट पनि भित्र्याए । त्यसपछि सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड (एबीसी) गठन भयो र सन् २००१ मा अफगान टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पायो । त्यसको ठीक एक वर्षअघि तालिबान लडाकु समूहले अफगानिस्तानमा खेलहरूमाथि लगाएको प्रतिबन्ध हटाएको थियो। आईसीसीबाट मान्यता पाएपछि अफगानिस्तानले क्रिकेटमा ठूलो प्रगति गर्‍यो। सन् २०१५ मा अफगानिस्तान विश्वकपका लागि छनोट मात्रै भएन, पहिलो जित पनि आफ्नो भागमा पार्‍यो। सन् २०१५ को विश्वकपमा उसले स्कटल्याण्डलाई पराजित गरेको थियो। अफगानिस्तान टोलीका स्टार अलराउण्डर राशिद खान हाल आईसीसीको वान डे वरीयतामा एक नम्बरमा छन्। \"\"

होनहार

उनीबाहेक अफगान क्रिकेट टोलीमा अरू पनि होनहार खेलाडी छन्। अफगान टोलीका पूर्वकप्तान मोहम्मद नबी पाकिस्तानस्थित एउटा शरणार्थी शिविरमा हुर्केका थिए। त्यहाँ उनी चिर्पटको ब्याट र थोत्रो कपडाले बनाइएको बलले क्रिकेट खेल्ने गर्थे। सन् १९९० मा अफगान क्रिकेट टोलीको सपना देख्ने गरेका ताज मलुकले बीबीसीलाई भने, \"हामी काच्चा कारा शिविरमा बस्थ्यौँ। मैले शरणार्थी किशोरहरूको एउटा क्रिकेट टोली बनाएँ, जसमा मेरै तीनजना भाइ थिए।\" उनी भन्छन्, \"क्रिकेट टोली बनाउने प्रस्ताव लिएर म शरणार्थी बच्चाहरूका अभिभावकहाँ पुग्दा उनीहरूले समय बर्बाद गर्ने खेल भन्दै आफ्ना छोरालाई सामेल गराउन अस्वीकार गरे।\" अफगान टोलीको ओपनर रहिसकेका करिम सादिक पनि पाकिस्तानस्थित काच्चा कारा शरणार्थी शिविरमा बस्थे। राति उद्योगमा काम गर्ने उनी दिउँसो क्रिकेट खेल्थे। शुरूवातका दिन सम्झिँदै उनले भने, \"हामीसँग खाना खाने पैसा पनि हुन्थेन। त्यस्तो अवस्थामा परिवारमा क्रिकेटको कुरा गर्नु ठूलो कुरा थियो।\" क्रिकेटको माध्यमबाट अफगानिस्तानमा राष्ट्रियताको भावना पनि बढिरहेको छ। शुरूवातमा अफगान टोलीमा खासगरी पश्तुन खेलाडी हुन्थे। \"\"

स्वरूप

पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रबाट आउने खेलाडीहरूले नै अफगान टोलीको प्रतिनिधित्व गर्थे। तर क्रिकेट टोलीको स्वरूप अहिले फेरिँदैछ। अफगान क्रिकेटको सफलतामा केही हदसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को पनि सहयोग छ। बीसीसीआईले अफगान टोलीलाई नोएडास्थित क्रिकेट मैदान उपलब्ध गरायो, जहाँ अफगान खेलाडीहरू अभ्यास गर्छन्। त्यसबाहेक बीसीसीआईले अफगानिस्तानमा क्रिकेटको पूर्वाधार निर्माणमा पनि आर्थिक सहयोग गर्ने गरेको छ। अफगानिस्तानले शारजाहमा यही अक्टोबरमा आफ्नो पहिलो टी ट्वान्टी लिग शुरू गर्दैछ। यसबाट नै क्रिकेट जगत्‌मा अफगानिस्तान कति तीव्र गतिमा अगाडि बढिरहेको छ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसबाहेक आगामी वर्ष इङ्ग्ल्याण्डमा हुने विश्वकप क्रिकेटका लागि पनि अफगानिस्तान छनोट भइसकेको छ। एशियाली क्रिकेटका दिग्गज खासगरी श्रीलङ्का र पाकिस्तान पछाडि परिरहेको जस्तो देखिएका बेला अफगानिस्तानमा क्रिकेटको उदाउँदो सूर्यले कैयौँ आशा जगाएको छ। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending