Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

बलेफि गाउँपालिकाः वडा कार्यालय नै बन्द गरेर अध्यक्षसहित २३ जना भ्रमणमा

सिन्धुपाल्चोक । जिल्लास्थित एक गाउँपालिकाको २ वटा वडाका पदाधिकारीहरु कार्यालय नै बन्द गरेर भ्रमणमा गएका छन् । बलेफि गाउँपालिकाको वडा नम्बर ४ र ५ को वडा कार्यालय नै बन्द गरेर १३ गतेदेखि भ्रमणमा गएका हुन् । गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थले खबरडबलीलाई दिएको जानकारीअनुसार वडा नम्बर ४ ले आयोजना गरेको उक्त भ्रमणमा गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीको नेतृत्वमा २३ सदस्यिय टोली दार्जिलिङ, धरान, हेटौंडालगायत ठाउँहरुको अध्ययन भ्रमणमा गएका हुन् । प्रमुख प्रशासकिय अधिकृत गणेश नेपाली, लेखापाल किरण मास्के, वडा नम्बर ४ का वडाध्यक्ष कालिप्रसाद लामा, ४ कै सचिव जयप्रसाद गजुरेल, वडा नम्बर ५ का वडाध्यक्ष विकास श्रेष्ठलगायत भ्रमणमा गएका हुन् । गाउँपालिकाकी उपाध्यक्ष कायस्थका अनुसार उनीहरु नमुना गाउँपालिका अध्ययनका लागि गएका हुन्, १३ गते भ्रमण निस्किएको टोली १७ गते साँझसम्म फर्किनेछन् । अध्ययन भ्रमणको नाममा यसरी वडा कार्यालय नै बन्द गरेर जान मिल्छ भन्ने खबरडबलीको प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष कायस्थले भनिन् ‘जान त नमिल्ने हो तर उहाँहरु अध्ययनका लागि जानु भएको हो ।’ ‘मैले उहाँहरुलाई चाँडै आउनुस् भनेर भनिसकेको छु’ उनले भनिन् । ‘वडाको काम चैं बन्द भएको छ’ कायस्थले खबरडबलीसँग भनिन् ‘केहि जनताहरु काम लिएर गाउँपालिकामा आएका थिए, वडा कार्यालय बन्द छ भनेर फर्कायौं ।’ कायस्थका अनुसार वडा नम्बर ५ की सचिव भ्रमणमा नगएको तर परिवार बिरामी भएकाले काठमाडौं रहेको बताइन् । वडा कार्यालयमा भ्रमणका लागि बजेट नछुट्याएको कायस्थले बताइन् । तर वडा नम्बर ४ ले करिब २ लाख रुपैयाँ खर्च गर्ने उनको भनाई छ । वडाले भ्रमणका लागि बजेट नछुटाएपछि कसरी खर्च गर्न मिल्छ भन्ने खबरडबलीको प्रश्नमा कायस्थले भनिन् ‘कतिपयले व्यक्तिगत खर्च पनि गर्नुहुन्छ होला ।’ अघिल्ला बर्षहरुको रेकर्ड हेर्दा पनि भ्रमणका लागि बजेट नछुट्याएको कायस्थले बताइन् । प्रमुख प्रशासकिय अधिकृत नेपालीले इन्जिनियर प्रदिप कक्षपतिलाई कार्यबाहक दिएका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष क्षत्रीले कायस्थलाई अध्यक्षको कार्यबाहक दिएका छन् । कायस्थका अनुसार गाउँपालिकाको लेखालगायतका कामहरु रोकिएका छन् । ‘कार्यालय नै बन्द गरेर उहाँहरु कस्तो नमुना गाउँपालिका बनाउनु जानु भएको हो थाहा छैन्’ जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले खबरडबलीसँग भने । वडा कार्यालय नै बन्द गरेर त्यसरी भ्रमणमा जानु गलत भएको तामाङले बताए । ‘भ्रमण जानुपर्छ तर कार्यालय नै बेहाल बनाएर जानु हुँदैन्’ तामाङले भने ‘मिलाएर जान नसक्नु उहाँहरुको कमजोरी हो ।’ जनताको मतदानबाट निर्वाचित भएका गाउँपालिका पदाधिकारी र तिरोभरोबाट तलव सुविधा लिएर जनताले नै तिरेको करबाट यसरी भ्रमण जान नहुने वडा नम्बर ४ का एक स्थानीयले खबरडबलीसँग भने । दुबै वडाध्यक्षहरूलार्इ सम्पर्क गर्दा मोबाइल अफ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending