Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

बुढीगण्डकीदेखि निर्मला पन्तबारे नयाँ शक्तिले सार्वजनिक गरेको ६ बुँदे धारणामा के छ ?

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले देशको समसामयिक अवस्थाबारे एक बिज्ञप्ति जारी गरेको छ । अाइतबार एक बिज्ञप्ति जारी गर्दै वर्तमान सरकारको गैरजिम्मेवार कार्यशैली, बुढीगण्डकी प्रकरण, प्रशासनिक बेथिति, अनियमिता र भ्रष्टाचार, महिलाहिंसाको कहालीलाग्दो अवस्था र चाडबाडको मुखमा बजारमा देखिएका विकृतिलगायतका जनसरोकारका विषयमा पार्टीका धारणा सार्वजनिक गरेको हो । यस्तो छ नयाँ शक्तिले सार्वजनिक गरेको ६ बुँदे धारणा
  • कञ्चनपुरको निर्मला पन्त घटनामा सरकार अपराधी पत्ता लगाउन र दण्ड दिन पूर्णतः असफल भएको छ । पञ्चायतकालको नमिता–सुनिता काण्डको पुनरावृत्तिझैं लाग्ने यो घटनामा सरकारको भूमिका र गृहमन्त्रीको अभिव्यक्ति आधुनिक लोकतान्त्रिक राज्य र समाजका लागि लज्जाको विषय हो । साथसाथै, राज्ययन्त्र भित्रभित्रै गिरोहतन्त्रमा परिणत भएको ज्वलन्त प्रमाण पनि हो । राज्यले गठन गरेको छानबिन समितिको प्रतिवेदनपछि पनि दोषी पत्ता नलाग्नु, छानबिन समितिका सदस्यबाटै विवादास्पद अभिव्यक्ति आउनु, छानबिनका क्रममा नाटकीय घटनाक्रम देखापर्नु, घटना झनै रहस्यमय बन्दै जानु तर कसैले पनि नैतिक जिम्मेवारी बहन नगर्नु अत्यन्त निन्दनीय हो । बलात्कार र हत्याजस्तो जघन्य अपराधको घटनालाई नाटकीय ढंगले ढाकछोप गर्ने सरकारी प्रयास किमार्थ सैह्य हुनसक्दैन ।
  • रौतहट, पोखरा, नवलपुर, काठमाडौंलगायत देशका विभिन्न भागमा किशोरी/महिलामाथि भइरहेका बलात्कार, एसिड आक्रमण र यौन दुर्व्यहारका श्रृंखलाबद्ध घटनाले पार्टीलाई अत्यन्त दुःखी, क्षुब्ध र स्तब्ध बनाएको छ । श्रेया विक र सम्झना दासजस्ता निर्दोष बालिका/युवतीहरुको हत्या कहालीलाग्दो हो । वर्तमान सरकार गठन भए यताको ५ महिनामा १४३६ बलात्कार तथा यौनदुर्व्यवहारको घटना हुनु सम्पूर्ण नेपाली समाज र मानवताकै लागि निरासा, लज्जा र हिनताको विषय हो । सरकार र प्रहरी प्रशासनले यस्ता घटनाप्रति निर्मम प्रतिरक्षा योजना, अनुसन्धान र कानुनी कारबाही गर्न कुनै कसर बाँकी राख्नु हुन्न ।
  • दशैंलगायत महत्वपूर्ण चाडपर्वहरु नजिकिँदै गर्दा बजारमा कालाबजारी, कृत्रिम अभाव र महंगीको समस्या चर्कोरुपमा देखिन थालेको छ । यात्रुहरुको टिकट बुकिङ्गमा ठगी र कृत्रिम अभाव सृजना गरी अस्वभाविक भाडा असुल्ने प्रवृतिहरु क्रियाशील हुन थालेका छन् । बजार अनुगमनलाई बलियो बनाउन, ठगी, कालाबजारी, कृत्रिम अभाव र महंगीलाई अलिबम्ब रोक्न पार्टी सरकारसँग जोडदार माग गर्दछ ।
  • बुढीगण्डकीजस्तो महत्वपूर्ण राष्ट्रिय गौरवको योजनालाई राजनीतिक स्वार्थका लागि भूराजनीतिक रणनीतिको गोटी बनाउनु सर्वदा दुःखद र निन्दनीय कार्य हो । यस प्रक्रियामा विभिन्न शक्तिकेन्द्रहरुबीच ठूलो कमिसन रकमको चलखेल भएको आशंका छ । बुढी गण्डकी राष्ट्रिय गौरवको आयोजना भएको हुँदा नेपाल सरकार आफैले बनाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा सधैं रहँदै आएको हो । ग्लोबल टेन्डरको कानुनी प्रक्रिया पुरा नगरी ठाडो निर्णयबाट विवादास्पद चिनियाँ कम्पनीलाई दिने वर्तमान सरकारको निर्णय दूर्भाग्यपूर्ण हो । बुढीगण्डकी आयोजनासँग जोडिएका रहस्यमय चलखेलको छानबिन गर्न र सत्यतथ्य जनसुमदायबीच ल्याउन हाम्रो पार्टी सरोकारवाला संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिकरुपमा हार्दिक अपिल तथा आग्रह गर्न चाहन्छ ।
  • यही बीचमा देशका विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाभित्र भएका अनियममिता र भ्रष्टाचारका समाचारहरु व्यापकरुपमा सार्वजनिक भएका छन् । राज्यले सेनालाई जिम्मा दिएका ठूला परियोजनाहरुको कन्टिजेन्सी र भेरियसन रकम बढाउन राजनीतिक नेतृत्वले मद्दत गर्ने र सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई पार्टी सञ्चालन तथा चुनावी खर्च सहयोग भन्दै कमिसन बाँडफाँट गर्ने गरेको भरपर्दा सुचनाहरु प्राप्त भएका छन् । यस बिषयमा समेत अबिलम्ब छानबिन शुरुवात गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक अपिल र आग्रह गरिन्छ ।
  • केही समययता देशको सार्वजनिक जीवनका सबै पक्षहरु अस्तव्यस्त भएका छन् । देश सरकारविहनिताको स्थितितिर उदत्त छ । राज्ययन्त्रप्रति जनविश्वास अस्वभाविकरुपमा घटेको छ । यस्तो अराजक स्थितिको फाइदा उठाएर विकृत, भ्रष्ट र अपराधितत्वहरु सामाजिक मूल्यमान्यता र मर्यादाविपरित जनविरोधी क्रियाकलापमा सामेल हुँदै गएको आभाष हुनु थालेको छ । यस्तो वेला नागरिक सचेतना र सर्तकता बढाउन जरुरी छ । राज्यलाई खबरदारी गर्नुको साथै अराजक र असामाजिक क्रियाकलापविरुद्ध एकताबद्ध भई सहकार्य गर्न समेत पार्टी नागरिक समाज र आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending