Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

अब बेरोजगार युवालार्इ यसरी रोजगार दिदैंछ सरकार

काठमाडौं । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताए । उनले भने “सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।” रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उहाँले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताए । सबै युवाको क्षमता, प्रतिभा, सीप जोश जागर विकासमा पर्याप्त उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउँदै उनले भने “सबै नेपाली युवाले साझा कार्यक्रम र गौरव महसुस गर्ने गरी कार्यक्रम सञ्चालन गरिन्छ ।” श्रम बजारको दायरालाई फराकिलो पार्दै रोजगारीका अवसरलाई प्रशस्त बनाइने बताउँदै उहाँले श्रमिकलाई दक्ष र सीपयुक्त बनाइ श्रमिकको उत्पादकत्व वृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । सीपविनाको जनशक्ति वैदेशिक रोजगारीमा नजाने गरी संरचना निर्माणको तयारीमा सरकार जुटेको जानकारी दिँदै मन्त्री विष्टले सम्पूर्ण जनशक्तिलाई सीप प्रदान गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गरे । उनले भने “नेपालभित्रै नेपालको जनशक्तिलाई रोजगारी दिने सरकारको प्रमुख प्राथमिकता हो । नेपाल विकासको प्रारम्भिक अवस्थामा छ, विकासका अभियान अगाडि लैजाँदा लाखौँ जनशक्ति मुलुकभित्रै उपयोगमा आउन सक्छ ।” प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताए । उनले भने“कुन क्षेत्रमा कतिको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौँ । हामी यसको अन्तिम चरणमा छौँ, रोजगारीको दुनियाँमा लाखौँ युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।” शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उहाँले सानो नीतिगत निर्णयले मात्रै लाखौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिए । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री विष्टले भने “श्रम व्यक्तिको जीवन, भविश्य, समृद्धिको महत्वपूर्ण आधार हो, श्रमलाई एकदिवसीय अभियानका रुपमा मनाउने होइन, हरेक नागरिकको जीउने कलाका रुपमा श्रमलाई सम्मान गर्ने गरी अभियान चलाउने छाँै ।” नेपालमा सजिलो काम नगर्ने तर विदेशमा जोखिमपूर्ण काम मनोवृत्तिलाई बदल्न गरी मरुभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी हात नेपाल बदल्न सक्छन् भन्ने विषयलाई पुष्टि गर्नेगरी रोजगारीका अवसर सिर्जना गरिने बताए । गरीबी र बेरोजगारी नेपालको प्रमुख चुनौती रहेको बताउँदै उहाँले बेरोजगारीका कारण युवा जनशक्ति बाँच्नकै लागि विदेशिन बाध्य भएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोगको खाँचो औँल्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending