Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

माधव नेपालको भेलामा को-को नेता गए ? झलनाथ खनाल र विष्णु पौडेललार्इ 'नो इन्ट्रि'

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा यथाशीघ्र पार्टी स्थायी समिति बैठक बोलाउने पहल लिन नेताहरूले सुझाब दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा गरेको चियापानमा स्थायी समिति सदस्यहरूले त्यस्तो सुझाब राखेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-केन्द्रीय सचिवालयको पछिल्लो निर्णयप्रति आफ्ना असहमति जानकारी गराएर भावी कदमबारे सुझाब लिने उद्देश्यले नेपालले चियापान आयोजना गरेका थिए । ४५ सदस्यीय स्थायी समितिबाट २३ उपस्थित करिब डेढ घन्टा चलेको चियापानमा वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य वामदेव गौतमले संक्षिप्त मन्तव्य राखेका थिए । अधिकांश सदस्यले पार्टी एकता छिटो टुंग्याएर सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफलका गर्न यथाशीघ्र स्थायी समिति बैठक बोलाउनका लागि अगुवाइ गर्न नेपाललाई सुझाब दिएको स्थायी समिति सदस्य बेदुराम भुसालले बताए । ‘अधिकांश साथीले विधि र मापदण्डअनुसार छिटो एकता प्रक्रिया टुंग्याउन, सरकारको कामलाई प्रभावकारी बनाउन छलफलका लागि छिटो स्थायी समिति बैठक बोलाउन बैठकमा उपस्थित तीनजना केन्द्रीय सचिवालय सदस्यलाई अग्रसरता लिन सुझाब दिनुभयो,’ भुसालले नयाँ पत्रिकासँग भने । चियापानमा नेपालसहित वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सचिवालय सदस्यसमेतको हैसियतमा सहभागी थिए । चियापन चलिरहँदा पनि नेता र मन्त्रीहरू आउने–जाने क्रम चलिरहेको थियो । बाहिरिने क्रममा अधिकांश नेताहरूले पार्टीलाई एकताबद्ध र सरकारलाई गतिशील बनाउने विषयमा अनौपचारिक कुराकानी भएको प्रतिक्रिया दिए पनि अरू कुरा बताउन चाहेनन् । नेपालले भने, ‘असहमति पार्टीमा राखेको छु, सुझाब दिनुस्’ चियापानमा स्वागत गर्ने क्रममा संक्षिप्त मन्तव्य राखेका वरिष्ठ नेता नेपालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले विधि, प्रक्रिया र मापदण्ड तय नगरीकनै सचिवालयबाट टुंग्याइएको प्रदेश नेतृत्वको नामावलीप्रति आफ्नो असहमतिबारे पार्टीलाई जानकारी गराएको अवगत गराएका थिए । ‘मैले सचिवालयको पछिल्लो निर्णयप्रति असहमति रहेको पार्टीलाई जानकारी गराएको छु, विधि, प्रक्रिया र मापदण्ड तय गरेर स्थायी समितिबाट नाम टुंग्याउनुपथ्र्यो, तर विधि मिच्ने काम भयो । अध्यक्ष ओलीसँग पनि अमेरिका भ्रमणबाट उहाँ फर्किएपछि मात्र स्थायी समितिबाट नाम टुंगो लगाउने समझदारी भएको थियो,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर, सचिवालयबाट पहिले भएको निर्णय र मसँग भएको कुराकानी तथा समझदारीविपरीत नामावली टुंग्याएकाले असहमति राखेको हुँ, कसरी अघि बढ्ने तपाईंहरूको पनि सुझाब आओस् ।’ वामदेवले भने, ‘माधव कमरेडले ठीक काम गर्नुभएको छ’  सचिवालय सदस्य वामदेव गौतमले सबै स्थायी समिति सदस्यलाई जानकारी दिएर वरिष्ठ नेता नेपालले विधानसम्मत तरिकाले नै चियापान बैठक बोलाउनु विधिसम्मत भएको बताएका थिए । ‘माधव कमरेड मभन्दा माथिको तेस्रो वरीयताको सिनियर नेता हो, दुई अध्यक्ष विदेशमा भएकाले सुझाबका लागि उहाँले चियापन बैठक बोलाउनु विधानसम्मत नै छ, म पनि विधिसम्मत बैठकमै भाग लिन आएको हुँ,’ गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीलाई एकताबद्ध बनाउन, सरकारको काम गतिशील र प्रभावकारी बनाउन आवश्यक छ, त्यसैले उहाँले जे गर्नुभएको छ, ठीक गर्नुभएको छ, अब छिटो स्थायी समिति बोलाएर छलफल गर्नुपर्छ ।’ गौतमले सचिवालयको निर्णय ठीक–बेठीक के हो बारेमा भने कुनै प्रस्ट धारणा नराखेको स्रोतले जनाएको छ । नेपालको भेलामा को–को थिए सहभागी ?  माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, देव गुरुङ, अग्निप्रसाद सापकोटा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, रघुजी पन्त, बेदुराम भुसाल, युवराज ज्ञवाली, गिरिराजमणि पोखरेल, वर्षमान पुन, गणेश शाह, भीम आचार्य, लीलामणि पोखरेल, अमृतकुमार बोहरा । बोहरा भने तत्कालीन अनुशासन आयोग अध्यक्षको हैसियतमा आमन्त्रित सदस्यका रूपमा सहभागी थिए । यी नेता अनुपस्थित अध्यक्षद्वय केपी ओली र प्रचण्डसँगै विदेशमा रहेका प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ र पम्फा भुसाल अनुपस्थित थिए । रिमाल अध्यक्ष ओलीसँगै अमेरिका तथा गुरुङ र भुसाल चीन भ्रमण छन् । वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णुप्रसाद पौडेल भेलामा उपस्थित थिएनन् । खनाल र पौडेलले अनुपस्थितिबारे जानकारी नगराएको नेपालनिकट स्रोतले जनाएको छ । त्यस्तै, कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई टेलिफोन गरेर पूर्वनिर्धारित जरुरी बैठक स्थगित गर्न नसकेका कारण अनुपस्थित रहने जानकारी गराएका थिए । गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री मातृका यादवले भारतीय मन्त्रीसँगको वार्ताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । उपत्यकाबाहिर रहेका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका मन्त्री किरण गुरुङ, लेखराज भट्ट, हरिबोल गजुरेल, जनार्दन शर्मा अनुपस्थित थिए । पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने कारण जनाएर देवेन्द्र पौडेल, मणि थापा, शक्ति बस्नेत, चक्रपाणि खनाल, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल पनि अनुपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: