Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

मन्त्रीले ल्याए यस्ताे याेजना, सुरक्षण प्रेसबाट पासपोर्ट, एटिएम, गाडीको नं प्लेटसम्म छापिने !

बनेपा, ११ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बनेपामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्ने बताएका छन्। यहाँ आज बनेपा ब्वाइज क्लबले आयोजना गरेको ‘बनेपा महोत्सव–२०७५’ को उद्घाटन गर्दै उनले झण्डै रु आधा अर्ब खर्च गरेर स्थापना भएको सूचना प्रविधि पार्कलाई प्रयोगमा ल्याउनको लागि सो योजना अगाडि सारिएको बताए ।

नेपालीका लागि चाहिने नागरिकता छाप्ने , नोट , चेक बुक , पासपोर्ट, एटिएम, गाडीको नं प्लेट र सवारी चालक अनुमतिपत्र छाप्ने लगायतका सबै वस्तु अहिलेसम्म बाहिरबाट छाप्दै आएकाले देशभित्र नै लगानी गरेर त्यसैको सेवा शुरु गर्न सूचना प्रविधि पार्कलाई प्रयोग गर्ने तयारी भइरहेको उनको भनाइ छ । उनले सरकारी कामको मात्रै करीब रु आठ अर्ब र निजी क्षेत्रको करीब रु दुई अर्ब गरी रु १० अर्ब वर्षेनी विदेश पठाइरहेको हुँदा त्यसलाई देशभित्र नै प्रयोग गर्ने र जसबाट नेपालीले रोजगारीसमेत पाउने व्यवस्थाको सुनिश्चित गर्न सुरक्षण मुद्रण प्रेस सञ्चालन गर्न लागेको हो भने । उनले प्रेस सञ्चालन गर्ने काम पैसा र व्यापारसँग मात्रै जोडिएको कुरा नभई देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय भएकाले अब छिट्टै बनेपामा यो कार्य अघि बढाउने निश्चित भएको बताए । उद्योग सञ्चालनमा आएपछि तीन हजारभन्दा बढीलाई रोजगारी पाउने उनको भनाइ छ ।  बनेपाको विकासका लागि पुण्यमाता खोला करिडोर र पाँचखालमा विशेष आर्थिक क्षेत्र(सेज)का लागि कार्यक्रम गर्ने गरी काम अगाडि बढिरहेकोसमेत मन्त्री बाँस्कोटाले जानकारी दिए ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद वसुन्धरा हुमागाईले प्रदेश राजधानीका विषयमा छिट्टै टुङ्गो लाग्ने र त्यसको उपयुक्त ठाउँ काभ्रेपलाञ्चोक नै भएको निष्कर्षसमेत रहेको बताए । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको अवसर पारेर बनेपाको गोदामचोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलासहितको महोत्सव शुरु भएको क्लबका अध्यक्ष महेश कर्माचार्यले बताए ।

मेलामा कृषि, घरेलु, सामग्रीलगायत १०० भन्दाबढी व्यापारिक कक्ष रहने र बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानका साथै प्रत्येक दिन राष्ट्रियस्तरको कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको र मेला ११ दिनसम्म चल्ने आयोजकले जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending