काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरेका छन् । “महिला हिंसा, किशोरी बलात्कार, महिलामाथि एसिड प्रहार रोक्नु पर्छ ” उनले भने । सांसद सापकोटाले चाडवाडको मुखमा मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद पुष्पा भुषालले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै दोषीमाथि कडा कारवाहीको माग गरे । उनले भने “शान्ति सुरक्षा कायम गर्न र महिला हिंसा रोक्न सरकार गम्भीर बन्नुपर्छ ।” सांसद लक्ष्मणलाल चौधरीले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीमाथि सरकारले नै दुई–चार हजारमा काम लगाई श्रमशोषण गरेको चर्चा गर्दै उनीहरूको माग सम्बोधन गर्न ढिलाइ गर्न नहुने धारणा राखे । सांसद सरीता गिरीले संविधानप्रति सबैको अपनत्व बढाउन शीघ्र संशोधनको प्रक्रिया शुरु गर्न माग गर्दै तराई÷मधेशमा एसिड प्रहारका घटना रोक्न सरकार संवेदनशील बन्नुपर्छउनले भनिन् । सांसद हृदयेश त्रिपाठीले संसद्लाई छलेर अध्यादेशमार्फत निजामती ऐन अध्यादेश नल्याउन आग्रह गर्दै चाडबाडको मुखमा चिनीको मूल्यवृद्धि नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमरेशकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बहनामा रूख कटानी नगर्न र सरकार र डा गोविन्द केसीबीच भएका सहमति कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे । सांसद चन्दा चौधरीले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मार्फत सार्वजानिक गर्न माग गरिन् । सांसद प्रेम सुवालले संसद्को अधिवेशन बन्द गराएर नयाँ ऐन जारी गर्नु हुँदैन उनले भने । सांसद विरोध खतिवडाले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत आयोजनाको प्रतिवेदन तयार गरेर मात्र रूख कटानी शुरु गर्नुपर्छ उनले भने । सांसद गगनकुमार थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य चीनको गेजुवा कम्पनीलाई के आधारमा दिइयो ? भन्ने प्रश्न गर्दै खुला प्रतिस्पर्धाको किन गराइएन उनले भने । सांसद केदार सिग्देल सामाजिक सुरक्षा कार्यक्रमलाई बजेट अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । सांसद रेणुका गुरुङले नेपाली सेनालाई समावेशी बनाउन आग्रह गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: