Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ओली र नेपाल मिलेपछि बामदेव अलपत्र

काठमाडौं, नेकपा एमालेमा नयाँ समिकरणको संकेत देखा परेको छ । राष्ट्रिय सरकारको छलफल चलेसँगै यस्तो संकेत देखा परेको हो । गएको महाधिवेशनमा एकअर्कामा प्रतिस्पर्धी रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेका प्रभावशाली नेता माधव नेपालका बिचमा पुनः सहमती हुने सम्भावना बढ्दै गएको छ । गएको महाधिवेशनमा एमालेका अर्का नेता बामदेव गौतमले झलनाथ खनालको समिकरण छोडेर केपी ओलीसँग मिल्न पुगेका थिए भने त्यसअघि एकै कित्तामा रहेका ओली र नेपाल एकापसमा भिड्न थालेका थिए । पछिल्लो समय नेता नेपाल ओलीलाई राष्ट्रिय सरकारको नेतृत्वका लागि पहल गर्न थाल्नुको भित्री कारण भनेको ओली र नेपालबिचमा ‘गोप्य सहमति’ रहेको आँकलन गरिएको छ । ओलीको प्रस्तावनाअनुसार ‘एक व्यक्ति एक पद’ हो । ओली प्रधानमन्त्री बनेभने नेपाललाई पार्टीको कार्यवाहक अध्यक्ष ओलीले दिन सक्ने सम्भावना बढ्दै गएको छ । नेपालले ओलीलाई प्रधानमन्त्री बनाउन अधिकतम पहल गरिरहनुको कारण पनि यहि हुनसक्छ । यदि ओली र नेपालबिचमा समिकरण भयो भने बामदेब गौतम पार्टीभित्र अलपत्र पर्नेछन् । पार्टीभित्रको गुटगत राजनीतिमा उसैपनि कमजोर रहेका गौतमलाई प्रभावकारी रुपमा गुट चलाउन पुग्ने शक्तिसमेत नरहेको जानकारहरु बताउँछन् । उसो त यो समिकरणले गौतमको राजनीति नै समाप्त पार्नसमेत सक्छ । माधव नेपालको हातमा पार्टी सत्ता गयो भने नेपालले बामदेब गौतमसँग हिजो महाधिवेशन ताकाको बदला लिनेमात्रै छैनन् अर्को महाधिवेशनसम्म दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रयाससमेत गर्नेछन् । जसले गौतमको राजनीति सिध्याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending