Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौँ । नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र /छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल रक्त क्यान्सरको दोस्रो चरण (एएलएल)को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् । छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकममका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित रु २५ हजार बुधबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गरे । बिरामी बालकको थप उपचार गर्न रकम अभाव भएपछि रकम सङ्कलन गर्न स्काउटका वरिष्ठ शिक्षक बलराम प्यासीले पहल गरेका थिए । सो अवसरमा बिरामी बालकका पिता डिल्लीराम पाण्डे तथा आमा ज्ञानकुमारी पाण्डेले उपचारमा सहयोग गरेकामा विद्यालय परिवारलाई धन्यवाद दिँदै उपचारमा रकमको अभाव भएकाले थप सहयोगको अपेक्ष पनि गरे । सो अवसरमा संस्थापक प्राचार्य बास्कोटा, संस्थापक निर्देशक सुनिलकुमार घर्ती, रिजन खड्का, शिक्षक गणेशकुमार दाहाल एवं दिलीप लामा तथा विद्यार्थी रोम भट्ट, सृष्टि लामिछाने र आभाश कुइँकेलले संविधानका विविध चर्चा गर्नुभएकोे थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: