Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर छ - प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् । उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति पुन ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले विदेश भ्रमणमा छन्। नेकपाका सचिवालय सदस्यसमेत श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २९ गते त्यसतर्फ गएका हुन्। उनको टोली फर्केको छैन। नेता नेपाल साताव्यापी विदेश भ्रमणका क्रममा बुधबार घानातर्फ लागेका हुन्। उनीसँगै नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि गएकी छिन्। घानाको सोसलिस्ट पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका नेपाल र भुसाल ९ गते स्वदेश फर्कनेछन्। कांग्रेस वरिष्ठ नेता पौडेल दुई साता लामो युरोप भ्रमणमा छन्। पार्टीका जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन युरोप गएका पौडेल ११ गते स्वदेश फर्कने कार्यक्रम छ। त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अमेरिका भ्रमणमा छन्। एक महिना लामो भ्रमणका लागि उनी पत्नी हिसिला यमीसहित अमेरिका गएका हुन्। प्राज्ञिक भ्रमण भन्दै अमेरिका भ्रमणमा निस्केका भट्टराई २२ गते स्वदेश फर्कनेछन्। परराष्ट्रमन्त्री ज्ञवाली पनि विदेश भ्रमणमा छन्। उनी भियनामा हुने आइएइएको महासभामा भाग लिन त्यता गएका हुन्। भदौ ५ मा नेपाल फर्कने उनी ६ गते प्रधानमन्त्री ओलीको टोलीसँगै अमेरिका जानेछन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने विदेश भ्रमणका लागि चीन गएका छन्। उनी ६ गते स्वदेश फर्कंदैछन्। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि चीन भ्रमणमा छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बुधबार चीन गएका छन्। सभामुख कृष्णबहादुर महरा केही दिनअघि चीनको भ्रमण गरेर फर्केका छन्। कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने सरकारका मन्त्री भने लर्को लागेर विदेश भ्रमण गरिरहेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending