Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपाली दूतावास कतारका राजदूत र सचिवलाई कारबाही गर्न सांसद सरिता गिरिको माग

काठमाडौ । प्रतिनिधि सभा सदस्य सांसद सरिता गिरिले मानव तस्करी गर्न गिरोहलाई साथ दिएर मजदुर हितमा काम नगरेको भन्दै कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइराला र दूतावासका सचीव सचिब मणि रत्न शर्मालाई कडा कारबाही गर्न माग गरेकी छिन । कतारमा बिगत लामो समय देखि मानव तस्करको ठुलो गिरोह सक्रिय रहदा समेत दूतावासले त्यसलाई रोकि पीडित लाई न्याय दिलाउन कुनै पहल नगरेको भन्दै गिरिले कारबाहीको माग गर्दै सदनमा आवाज उठाएकी हुन्। एक हप्तामा दुई पटक वैदेशिक रोजगारको समस्यामा आवाज उठाएकी गिरिले नेपालीहरुलाइ अलपत्र पार्ने मेनपावर र तिनका एजेन्टलाई कडा भन्दा कडा कारबाहीको माग राख्दै अलपत्र परेका नेपालीहरुलाइ उद्दार र छेतिपुर्ती दिलाउन सरकार समक्ष माग गरेकी छिन। करिब दुई महिना अगाडि कतार गएका १० जना नेपालीहरु र कतारको शैलियामा रहेका आजाद भिसामा गएका अलपत्र नेपालीहरुले दूतावासमा गुहार माग्न जादा पनि न्याय नपाएको र एजेन्टलाई कारबाही नगरेको गुनासो आएपछि सदनमा गिरिले हदै सम्मको कारबाहिको माग गरेकि हुन् । गिरिले सदनमा आवाज उठाएपछी प्रवासमा रहेका नेपालीहरुले उनलाइ धन्यवाद दिएका छन । प्रवासको समस्यामा सरकार र सदन दुबै मौन रहेका बेला मजदुरहरु बारे सदनमा आवाज उठाउने पहिलो महिला सांसद बनेकी गिरिलाई प्रवासी नेपालीहरुको पक्षमा लामो समय देखि आवाज उठाउदै आएका युवा नेता बि बि खरालले समेत धन्यवाद दिएका छन। राइट ओए इन्टर प्राइजेज, गौरीशंकर, एक्सिस एच आर, गोल्डेन म्यानपावर, शाहिन म्यानपावर र बोल्ड म्यानपावरबाट दुई महिना अगाडि कतार गएका १० जना शुरेश सेन, मदन सेन, हिरा बिक, अमर सिह नेपाली, अर्जुन नेपाली, सन्दीप बिक, सोम गुरुङ, कर्ण वीर थापा, गोबिन्द राना र पान बहादुर बिक दुई लाख तिरेर कतार गएका तर कतारको एक कोठामा कोचेर राखि एजेन्ट फरार भएपछि पिडित मजदुरहरु दूतावास गएर जानकारी गराएको पीडितहरुले बताएका छन । एक महिना बितिसक्दा पनि दूतावासबाट कुनै सुनवाइ नभएपछि मजदुरहरुलाइ भेट्न पुगेका बि बि खरालले मजदुरहरुको अवस्था बारे सामाजिक सम्जाल मार्फत उनीहरुको समस्या बाहिर राखेका थिए । उक्त बिषय अहिले संसदमा उठेको छ । यता सांसद सरिता गिरिले आफू सधै प्रबासी मजदुरहरुको पक्षमा रहेको र ठगी धन्दा चलाउने, अलपत्र पार्ने र मानव तस्कर बिरुद्ध सधै आवाज उठाउने बताएकी छिन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: