Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

माल्दिभ्स दोस्रोपटक साफ च्याम्पियन

काठमाडाैं । माल्दिभ्सले साबिक विजेता भारतलाई २–१ ले हराउँदै शनिबार दक्षिण एसियाली फुटबल (साफ) च्याम्पिनसिपको उपाधि जितेको छ । माल्दिभ्सले दोस्रोपटक साफ च्याम्पियनसिप उपाधि जितेको हो । सन् २००८ मा माल्दिभ्सले भारतलाई नै १–० ले हराउँदै पहिलोपटक उपाधि हात पारेको थियो । इब्राहिम र अलीको गोल बंगलादेशको ढाकामा सञ्चालित साफ च्याम्पियनसिपमा भारतले दोस्रो रोजाइको टोली प्रतिस्पर्धा गराएको थियो । फाइनलसम्म यात्रा सहजै तय गरेको भारतले माल्दिभ्सविरुद्ध राम्रो खेल पस्कन सकेन । माल्दिभ्सले समूह चरणमा व्यहोरेको हार बदलास्वरूप भारतलाई २–१ ले हरायो । ढाकाको बंगबन्धु रंगशालामा खेलको १९औँ मिनेटमा इब्राहिम मुहुधीले माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अली फसिरले माल्दिभ्सलाई २–० को अग्रता दिलाए । अलीले डिबक्सभित्र अफसाइड ट्रयाप ब्रेक गर्दै सहजै दोस्रो बारमा गोल गरेका थिए । भारत १० पटक फाइनलमा भारतले अहिलेसम्म १० पटक फाइनल खेल्दा ७ पटक उपाधि हात पारेको छ । गत संस्करणमा भारतले अफगानिस्तानलाई २–१ ले हराउँदै सातौँपटक उपाधि जितेको थियो । भारतको अन्तिम प्रयास उपाधि भिडन्तमा कमजोर देखिएको भारत माल्दिभ्सविरुद्ध राम्रो मुभ बनाउन असमर्थ रह्यो । खेलमा माल्दिभ्सले ६७ प्रतिशत बल पोजिसन राखेको थियो । भारतले केवल ३३ प्रतिशत मात्र बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलको अन्तिम ५ मिनेटको इन्जुरी समयमा भारतले २–१ का लागि गोल फर्कायो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies