लमजुङ, ३० भदौ । जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले राहत वितरण गरेको छ । बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप पीडित उद्धार र राहात सम्बन्धि मापदण्ड (छैठौं संशोधन), २०७४ अनुरूप राहत वितरण गरेको हो । प्रतिकूल मौसम, सयौं स्थानमा सडक अवरूद्ध भएको अवस्थामा समेत राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिई राहत रकम पीडितको घर आँगनमा समयमा नै पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहत वितरणसँगै अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय, दमौलीबाट शुरूवातदेखि नै प्रयास तीब्र पारिएकोमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइसकिएको छ जसबाट बेशीशहरदेखि ङादीसम्म सडक सुचारु भएको छ । बेशीशहर चामे सडक खण्डको रामबजारबाट उत्तरतर्फको अवरुद्ध सडकसमेत खुलिसकेको छ ।
शनिबार ङादीदेखि अर्खलेतर्फको सडक खुलाउने प्रयास भइरहेको छ भने प्रशासनले उत्तरी क्षेत्रमा वि.पी.सी.द्धारा प्रवद्र्धित विद्युत आयोजनाको मेशिन उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभिर काभ्रेभिर हुँदै अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । अर्खलेबेशी नजिकको खोलामा ठूलो ढुंगाले सडक अवरुद्ध गरी निर्माणका लागि माथितर्फ लैजानुपर्ने मेशिन लैजान नसकिएको प्रमूख जिल्ला अधिकारी झंक ढकालले जानकारी दिए । विष्फोट गराई उक्त ढुंगा फोर्ने तयारी भइरहेको ढकालले बताए ।
जिल्ला विपद व्यवस्थापन समितिबाट खटिएको प्रहरी नायव उपरीक्षक यादव ढकालको नेतृत्व र सहायक प्रमूख जिल्ला अधिकारी मनोहर थापासहितको टोलीले शनिबार विपदबाट मस्र्याङदी गाउँपालिका वडा नं. ४ मा मृत्यु भएकी विष्णुकली गुरुङका परिवारलाई घटना भएको स्थानमा पुगी रु. एक लाख राहत वितरण गरेको छ । यसै गरी मस्र्याङदी गाउँपालिका वडा नं ४ रामबजारमा बाढी पहिरोले घर बगाएका जीत बहादुर गुरुङ र विन कुमारी गुरुङलाई जनही रु. ५० हजारका दरले राहत रकम घरमै पुगेर प्रदान गरिएको र विपदबाट घर क्षति भएका विनु गुरुङलाई रु. २५ हजार राहत प्रदान गरिएको प्रजिअ ढकालले जानकारी दिए ।
मस्र्याङदी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोका कारण घर क्षति भएका परिवारलाई क्षतिका आधारमा राहत रकम प्रदान गरिएको छ । यसैगरी पहिरोले घर जोखिममा परी बस्न नमिल्ने भई अन्यत्र सार्नुपर्ने भएका गिरबहादुर परियारलाई रु. ५० हजार, घर क्षति भएका चन्द्रकान्त घिमिरेलाई रु. २५ हजार, बाबुराम परियार र सुकलाल विकलाइ जनही रु. १० हजार र आंशिक रुपमा घर र अन्य संरचना क्षति भएका भक्त बहादुर वि.क., पूर्ण कुमारी वि.क., र आइतमान वि.क.लाई जनही रु. ५ हजारका दरले राहत रकम वितरण गरिएको छ ।
प्रशासनले पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय, लमजुङ र मस्र्याङदी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत आयोजनाबाट प्रतिपरिवार ३० केजीका दरले ७८० केजी चामल, ४ केजीका दरले १०४ केजी दाल, १ लिटरका दरले २६ लिटर तेल, १ केजीका दरले २६ केजी नून वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशी लगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडाको सेट राहतस्वरुप वितरण गरिएको छ । विपद प्रारम्भिक द्रूत लेखाजोखाबाट प्राप्त क्षतिको विवरणको आधारमा राहत वितरण कार्य सम्पन्न गरिएको हो । बहुक्षेत्रगत प्रारम्भिक द्रूत लेखाजोखा र क्षेत्रगत रूपमा भएको क्षतिको विवरण प्रस्तुत गर्नका लागि सम्बद्ध निकायलाई जिम्मेवारी प्रदान गरिएको छ ।
विवरण प्राप्त हुनासाथ शीघ्र पुनःलाभ कार्यक्रम सञ्चालन गरिने प्रशासनले जनाएको छ । विपदका बेला उद्दार र राहतमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिएको प्रजिअ ढकाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: