Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छः अध्यक्ष प्रचण्ड

भक्तपुर, २९ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध छ भने ।

विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उनको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उनले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राखे ।

अध्यक्ष ‘प्रचण्डले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताए।

यही भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजदेखि पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरे । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending