भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताए । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उनले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताए । नेता नेपालले भने “अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ ।” कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको बताउँदै उनले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिए । दलले जनताको कुरा नबुझे जनता दलको पछि नलाग्ने बताउँदै उनले त्यसप्रति युवापुस्ता चनाखो हुनुपर्ने अाैंल्याए । शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भनाइ राख्दै उनले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताए । नेता नेपालले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको छ उनले भने । नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर विश्व समुदायसमक्ष ऐतिहासिक कार्य गरेको चर्चा गर्दै नेता नेपालले यो एकतालाई दिगो बनाउन तल्लो तहसम्मको एकीकरण विधि र प्रक्रियालाई व्यवस्थित बनाउनु जरुरी रहेको अाैंल्याए । गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका २१ दिने प्रशिक्षण भोलिसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिए । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्ने बारेमा व्यावहारिक र प्रयोगात्मक कक्षा सञ्चालन भएको छ । प्रशिक्षण अवधिभर प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुषाल, भारतका परवीरपुर कायस्थ, बङ्गलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: