Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कञ्चनपुर घटनाबारे निर्मलाका बाबुअामाले खोले यस्तो रहस्य

काठमाडाैं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । निर्मलाको बाबु यज्ञराज पन्त र अामा दुर्गादेवी पन्तको भनाइ जस्ताको त्यस्तै । मेरो छोरीको बलात्कारपछि हत्याको घटनामा संलग्न वास्तविक हत्यारालाई सार्वजनिक नगर्न छानवीन समितिका सदस्यलाई नै धम्की आएको सुनिएको छ । मैले न्याय पाउने हो कि होइन ? २ महिना हुन लाग्दासम्म सरकारले किन वास्तविक हत्यारालाई सार्वजनिक गर्न सकेन ? एउटा निर्दोष पागल मान्छेलाई समातेर आरोप पुष्टी नभएपछि छोडिइको छ । रोशनी र बबितालाई पनि छोड्यो । अब वास्तविक हत्यारा को हो ? कञ्चनपुरबासी के आशामा बस्ने ? प्रधानमन्त्री केपी ओलीले नै बोल्नुभयो कि अनुसन्धान गर्न दिइएन, आन्दोलनको तयारी गरिएको छ भनेर । अनुसन्धानमा सहज होस भनेर हामीले निर्मलाको पोष्टमार्टम गरेर अन्तिम संस्कार गरेका हौँ । तर प्रधानमन्त्री ओलीले भन्नुभयो कि मेयरको घरको आँगनमा लास राखिएको छ । यो झुटो हो । रोशनी र बबिताका पक्षमामा बोलेर प्रधानमन्त्रीले हत्यामा संलग्न भएको आशंका गरिएको व्यक्तिको सपोर्टमा बोल्नुभएको छ । रोशनी र बबिताको घरमा जाँदा मात्रै मेरी छोरी जिवित थिइ, त्यसपछि बाहिर कसैले पनि देखेको छैन । अनि रोशनी र बबितामाथि अनुसन्धान होस् भन्दा धम्की आएको छ । मलाई यतिसम्म भनियो कि बुबाले छोरीलाई बलात्कार गरेको थाहा छ कि छैन ? तपाई त भारतमा भएकाले बच्नुभयो । यस्तो भन्दा मेरो हृदय कति रोयो होला ? छोरी हराएपछि हामीले सबैलाई खबर गर्यौँ । घटनास्थलकै अगाडि १०० मिटरमा इन्स्पेक्टरको घर छ । आइदिनुपर्यो भन्दा ति रोशनी र बबिताको घरमा बदमास केटीहरु बस्छन्, हामी आउन सक्दैनौँ भन्नुभयो । भोली दिउँसो खानतलासी गरौँला भनेर टार्नुभयो । प्रहरीलाई नै बदनाम भएका केटीहरु छन् भन्ने थाहा छ भने आउनुपर्छ कि पर्दैन । जिल्ला प्रहरी कार्यालयमा खबर गर्दा उल्टै धम्की दिइयो । रातिको १२ बजे अस्थायी प्रहरी बिटमा पनि गयौँ । त्यहाँका प्रहरी बर्दी लगाएर खोज्न तयार भएका थिए । तर जिल्ला प्रहरीमा सम्पर्क गरेपछि जान मानेनन् । राति जान सक्दैनौँ, जिल्लाबाट अनुमति आएन भने । हत्यारा यो नै हो भनेर अहिलेसम्म किटानी गर्न सकिएको छैन । रोशनी र बबिताले बलात्कार गर्ने कुरा भएन । तर उनीहरुको मिलेमतोमा कोको छन् भन्ने कुरा शंकास्पद छ । हामीले तत्काल जाहेरी दिएनौँ । यस्तो कुरा थाहा पनि भएन । कसैले सल्लाह पनि दिएन । हामीले जाहेरी दिने बेलासम्म सबै प्रमाण नष्ट गरियो । अम्बाको रुख काटियो, लुगा पखालियो । अनि मात्र एसपीले जाहेरी नि सल्लाह दिनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending