Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कञ्चनपुर घटनाबारे निर्मलाका बाबुअामाले खोले यस्तो रहस्य

काठमाडाैं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । निर्मलाको बाबु यज्ञराज पन्त र अामा दुर्गादेवी पन्तको भनाइ जस्ताको त्यस्तै । मेरो छोरीको बलात्कारपछि हत्याको घटनामा संलग्न वास्तविक हत्यारालाई सार्वजनिक नगर्न छानवीन समितिका सदस्यलाई नै धम्की आएको सुनिएको छ । मैले न्याय पाउने हो कि होइन ? २ महिना हुन लाग्दासम्म सरकारले किन वास्तविक हत्यारालाई सार्वजनिक गर्न सकेन ? एउटा निर्दोष पागल मान्छेलाई समातेर आरोप पुष्टी नभएपछि छोडिइको छ । रोशनी र बबितालाई पनि छोड्यो । अब वास्तविक हत्यारा को हो ? कञ्चनपुरबासी के आशामा बस्ने ? प्रधानमन्त्री केपी ओलीले नै बोल्नुभयो कि अनुसन्धान गर्न दिइएन, आन्दोलनको तयारी गरिएको छ भनेर । अनुसन्धानमा सहज होस भनेर हामीले निर्मलाको पोष्टमार्टम गरेर अन्तिम संस्कार गरेका हौँ । तर प्रधानमन्त्री ओलीले भन्नुभयो कि मेयरको घरको आँगनमा लास राखिएको छ । यो झुटो हो । रोशनी र बबिताका पक्षमामा बोलेर प्रधानमन्त्रीले हत्यामा संलग्न भएको आशंका गरिएको व्यक्तिको सपोर्टमा बोल्नुभएको छ । रोशनी र बबिताको घरमा जाँदा मात्रै मेरी छोरी जिवित थिइ, त्यसपछि बाहिर कसैले पनि देखेको छैन । अनि रोशनी र बबितामाथि अनुसन्धान होस् भन्दा धम्की आएको छ । मलाई यतिसम्म भनियो कि बुबाले छोरीलाई बलात्कार गरेको थाहा छ कि छैन ? तपाई त भारतमा भएकाले बच्नुभयो । यस्तो भन्दा मेरो हृदय कति रोयो होला ? छोरी हराएपछि हामीले सबैलाई खबर गर्यौँ । घटनास्थलकै अगाडि १०० मिटरमा इन्स्पेक्टरको घर छ । आइदिनुपर्यो भन्दा ति रोशनी र बबिताको घरमा बदमास केटीहरु बस्छन्, हामी आउन सक्दैनौँ भन्नुभयो । भोली दिउँसो खानतलासी गरौँला भनेर टार्नुभयो । प्रहरीलाई नै बदनाम भएका केटीहरु छन् भन्ने थाहा छ भने आउनुपर्छ कि पर्दैन । जिल्ला प्रहरी कार्यालयमा खबर गर्दा उल्टै धम्की दिइयो । रातिको १२ बजे अस्थायी प्रहरी बिटमा पनि गयौँ । त्यहाँका प्रहरी बर्दी लगाएर खोज्न तयार भएका थिए । तर जिल्ला प्रहरीमा सम्पर्क गरेपछि जान मानेनन् । राति जान सक्दैनौँ, जिल्लाबाट अनुमति आएन भने । हत्यारा यो नै हो भनेर अहिलेसम्म किटानी गर्न सकिएको छैन । रोशनी र बबिताले बलात्कार गर्ने कुरा भएन । तर उनीहरुको मिलेमतोमा कोको छन् भन्ने कुरा शंकास्पद छ । हामीले तत्काल जाहेरी दिएनौँ । यस्तो कुरा थाहा पनि भएन । कसैले सल्लाह पनि दिएन । हामीले जाहेरी दिने बेलासम्म सबै प्रमाण नष्ट गरियो । अम्बाको रुख काटियो, लुगा पखालियो । अनि मात्र एसपीले जाहेरी नि सल्लाह दिनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending