सुर्खेत, २७ भदौ । बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले आज सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर र वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय चक्रबहादुर शाही रहेका छन् ।
त्यसैगरी, जुम्ला डुग्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपाने, वीरेन्द्रनगर–९ का २८ वर्षीय नकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन क्रममा नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए । गाडीमा चढाउन सर्वसाधारणलाई जबर्जस्ती तान्ने र नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने विभिन्न यातायातका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।
यातायात व्यवसायीले यात्रुलाई दैनिक तानेर सास्ती दिने गरेको जनगुनासो बढेपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुको दादागिरीले दैनिक यात्रुले सास्ती भोग्दै आइरहेका थिए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: