काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन् । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा आज यहाँ अयाोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए । “दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भने ।
चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भए पनि यसले विश्वको दुईतिहाइ जनसंख्यलाई जोड्ने उनको भनाइ छ । “बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”–प्रधानमन्त्री ओलीले भने, “यसले नेपालको अर्थतन्त्रलाई बढोत्तरी गर्नेछ ।”
मुलुकको राजनीतिक रुपान्तरण ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक आर्थिक रुपान्तरणको प्रारम्भ गर्न नेपाललाई उचित समय आएको बताउनुभयो । मुलुकको सामाजिक आर्थिक रुपान्तरण नै अहिलेको मुल मुद्दा भएको उनको भनाइ थियो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ हासिल गर्ने दीर्घकालीन उद्देश्यबाट सरकारको लक्ष्य दृष्टिकोण निर्देशित रहेको बताउँदै उनले समृद्ध नेपालको लक्ष्य हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण गरी श्रम गर्न सक्ने जनशक्तिका लागि रोजगारीको समुचित अवसर प्रदान गर्न सरकार प्रयत्नशील छ भने । उनले भने, “नेपालमा जलविद्युत्को ठूलो सम्भावना छ, सरकारले मानव संशाधान, पूर्वाधार र पर्यटनको विकासलाई प्रवद्र्धन गर्छ ।”
छिमेकी चीन र भारतले हासिल गरेका अभूतपूर्व आर्थिक विकासबाट नेपालले थुप्रै अवसर प्राप्त भएको विश्वास गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल दुई ठूला अर्थतन्त्र भएको मुलुकका बीचमा अवस्थित रहेको छ, नेपाल अब विकासका रुपमा पछि रहन सक्दैन, हामी विकासको भर्याङ चढिसक्यौ, विकासको रफ्तार बढिसक्यो ।”
समृद्धिको मुल मार्ग सम्पर्क सञ्जाल रहेको उल्लेख गर्दै उनले सम्पर्क सञ्जालको पूर्वाधार विकासले मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने बताए । उनले भने, “सम्पर्क सञ्जालले व्यापार विस्तारमा व्यापक अवसर सिर्जना गर्छ, लगानी, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्धमा मार्ग प्रशस्त गर्छ ।” यस्ता सहकार्यले रोजगारीको अवसर सिर्जना गर्न, बहुआयामिक आर्थिक अवसर प्रदान र उत्पादकत्व बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।
लगानीको विस्तार गर्दै सम्पर्क सञ्जालको अभिवृद्धिका लागि बिआरआई अवधारणा सहयोगी र महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य प्राप्तिमा समेत सहयोग गर्ने उल्लेख गर्नुभयो ।
चीन र भारतजस्ता ठूला र आर्थिक शक्ति सम्पन्न देशको बीचमा रहेको नेपाल आफैमा गतिशिल पुल रहेको भन्दै प्रधानमन्त्रीले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए । गत असारमा आफूले गरेको चीन भ्रमणका क्रममा समेत सम्पर्क सञ्जालको विस्तारलगायतका महत्वपूर्ण विषयमा चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्रीलगायतका शीर्ष नेतृत्वसँग छलफल गरेको भन्दै प्रधानमन्त्रीले केही वर्ष अगाडि सम्पन्न व्यापार तथा पारवहन सम्बन्धी द्विपक्षीय सम्झौता समेत कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: