Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

१४ वर्षीया बालिका बलात्कारीलार्इ सात वर्ष जेल

गाईघाट, उदयपुर, १८ भदौ ।  जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ ।

न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए । २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । यौन दुर्व्यवहार गर्ने फरार शिक्षक पक्राउ  त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए । छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE