काठमाडौं, १५ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक जलमार्ग, रक्सोल–काठमाडौँ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–बर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरे ।
विगतमा भएका समझदारी नेपालको आउँदो संविधान दिवसअगावै कार्यान्वयन गरिने विषयमा पुनःप्रतिबद्धतासमेत जनाइयो । वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा समेत गृहकार्य भइरहेको विषयमा पनि छलफल भएको थियो । नेपाली कृषकले अदुवा निर्यातका सम्बन्धमा भोगिरहनु परेको समस्यालाई भारतले अन्त्य गरिदिएकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त अवसरमा नेपालमा कृषिको आधुनिकीकरणका विषयमा सहयोगको आदानप्रदान गरिने विषयमा छलफल भएको थियो ।
उक्त अवसरमा रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर भएको समझदारीपत्रको आदानप्रदान भएको थियो । प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई सम्बोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा बिख्यात राजनेता अटलविहारी वाजपेयीको निधनप्रति दुःख व्यक्त गरे । उनले हालै भारतको केरला राज्यमा आएको बाढीका कारण भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको पनि बताए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: