काठमाडौँ, १४ भदौँ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ । आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई रहेका छन् । त्यसैगरी, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका हुन् । आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरुप रु १० लाख लिइसकेको हुँदा त्यो पैसा फिर्ता गर्नुपर्छ कि भनेर फोन सम्पर्कसमेत गरिरहेका छन् । आयोगमा परेका तीन हजार १९७ उजुरी परेकामध्ये आयोगले विस्तृत अध्ययन गर्न तयार गरेको दुई हजार ५०० उजुरीमा ४३ जिल्लामा विस्तृत अध्ययन फारम भर्ने काम सम्पन्न भएको छ । उजुरीउपर छानबिनका लागि पीडित परिवारसँग भेट्ने क्रममा आयोगले ती व्यक्तिहरु घर फर्केको पाएको हो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: