Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

म्याग्दीका हजार घरधुरी पहिरोको उच्च जोखिममा

म्याग्दी, भूकम्प र त्यसपछिको पराकम्पनबाट म्याग्दीका १४ गाविसका हजार घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । जिल्ला भूसंरक्षण कार्यालयले गरेको अध्ययनअनुसार गुर्जा, मुदी, लुलाङ, बेगखोला, निस्कोट, पात्लेखेत, भुरुङतातोपानी, नारच्याङ, कुइनेमङ्गले, पुलाचौर, ओखरबोट, पाखापानी, भकिम्ली र बरङ्जा गाविसका एकहजार घरधुरी जोखिममा परेका हुन् । वर्षा सुरु नहुँदै पहिरो जान थालेकाले समयमै सर्तकता अपनाउनुपर्ने जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेलले बताए । उनले पहिरोको उच्च जोखिम रहेका स्थानमा पूर्वसतकता अपनाउन सकेमा मात्रै मानवीय क्षति हुनबाट जोगिन सकिने भएकाले पहिरोको जोखिमयुक्त क्षेत्रमा यसबारे सचेत गराइएको जानकारी दिए । भिरालो ठाउँमा भूमिगत पानीका मुहान, राहुघाट, कालीगण्डकी र म्याग्दी नदी गहिरिँदै जानु र अवैज्ञानिक तवरले खनिने सडकका कारण म्याग्दी जिल्लालाई पहिरोको दृष्टिले देशकै जोखिमयुक्त क्षेत्रमा राखिएको छ । दुई नदीको किनारमा अवस्थित बेनीबजार देशकै पाँचौ जोखिमयुक्त सदरमुकामभित्र पर्छ । पुलाचौरको चिप्लेटी, पात्लेखेतको बान्द्रेखाल्टा, निस्कोटको निस्कोट गाउँ, भकिम्लीको तोराखेत, बरङ्जाको वडा नं १, २ र ३, कुइनेमङ्गलेको वडा नं १, २, ३, ४ र ५ मा निरन्तर पहिरो जाँदा त्यहाँका बस्ती पनि जोखिममा छन् । वर्षायाममा जिल्लामा बाढीपहिरोको प्रकोप नै आउन खतरा बढेकाले सर्तक हुनुपर्ने जिल्ला प्राविधिक कार्यालय इन्जिनियर हर्ष गुरुङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending