Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

अशोक घिमिरे । काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सो कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको थियो । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ । अनुगमनका क्रममा विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धताअनुसार नभएको पाइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताए । सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा नयाँ पोल गाडिएको भेटिएको छ । त्यस्तै निर्माण सामग्री यत्रतत्र छरिएर राखिएको अवस्थामा पाइएको थियो । कलङ्की–नागढुंगा सडकखण्डमा तुलनात्मक रुपमा सुधारको काम भइरहेको भेटिएको छ । महाशक्ति पेट्रोलपम्प नजिकको सडकखण्डको पोल र तार हटाई ढलानको कार्य भइरहेको उनले बताए । त्रिभुवन पार्क थानकोटदेखि बञ्जला सप्लायर्ससम्म दुवैतर्फको बाटो, पोल र तारको व्यवस्थापन भइसकेको छ । हाइभिजनबाट माउन्ट सगरमाथा ब्रिलियन्ट एकेडेमीसम्म तार, पोल हटाई सडक कालोपत्रे गरिसकिएको छ । बलम्बु स्याटेलाइट स्टेशनदेखि तल सडकमा ग्रेडर लगाएर सम्याइएको, सार्वजनिक भवनको अगाडिको भाग खाली गराई सडक मर्मतको काम थालिएको छ । सतुङ्गलबाट वल्र्डलिङ्कको भवनसम्मको सडक कालोपत्रेका लागि आधार तयार भएको, चौधरी ग्रुप कम्पनी अगाडि एकतर्फी कालोपत्रे भएको र सतुङ्गल सिप्रदी ओरालोदेखि बल्खु पुलसम्मको सडकको पोल तथा तार हटाइ सडक निर्माण सम्पन्न भइसकेको प्रवक्ता कुँवरले बताए । कलङ्की नागढुङ्गा सडक खण्डको केही क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको घर, टहरा हटाउन र सडक विस्तारको सीमाङ्कनको टुङ्गो नलाग्दा सडक विस्तारको काम बाँकी छ । महाशक्ति पेट्रोल पम्पदेखि मंगलोदय माध्यामिक विद्यालय थानकोटसम्मको सडकमा पोल सार्न र सडक अतिक्रमण गरी बनाइएको घर हटाउन पनि बाँकी छ । त्रिभुवन पार्क थानकोटको ओरालोमा बढी खाल्डाखुल्डी भएको पाइएको छ । उक्त क्षेत्रमा सडक छेउका पर्खालको निर्माण सम्पन्न भइसकेको छ । तर बिजुलीको पोल नहटाउँदा सडक विस्तार गर्न सकिएको छैन । हाइभिजन–माउन्ट सगरमाथा ब्रिलियन्ट एकेडेमीदेखि दूरसंचार प्राधिकरणको कम्पाउण्डसम्म, आदर्श नगर टोलदेखि नैकाप तीनथाना फेमिली मार्टसम्म र सतुङ्गल मुख्य बजारमा तार, पोल हटाउने काम बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १६ गते कलङ्की¬–नागढुंगा सडक र चाबहिल–जोरपाटी सडक कालोपत्रे र करिडोरका सडकको निर्माण एवं मर्मतसम्भारलाई प्राथमिकता दिई यही भदौ १५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । उपत्यकाको प्रमुख सडकका खाल्डाखुल्डी तत्काल पुरी मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्नसमेत उहाँले निर्देशन दिएका थिए । सडक विस्तार आयोजना बानेश्वरका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले चाबहिल–जोरपाटी सडक खण्डको सडकमा रहेको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएको बताए । उनले भने, “हामीले चाबहिल जोरपाटी सडकमा रहेका खाल्डाखुल्डी पुरिसकेका छौँ, लगातारको बर्षाको कारण सडक कालोपत्रे गर्ने काम हुन सकेको छैन्, चालु आवको अन्त्यसम्म सबै सडक कालोपत्रे गरिसक्छौँ ।” जतिसक्दो सडक विस्तार र मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिएको इन्जिनीयर श्रेष्ठले बताए । चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुंगा सडकको विस्तार र मर्मतको काम विभिन्न नौ वटा ठेकेदार कम्पनीले गर्दै आएका छन् । चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुंगा सडकको कूल लम्बाई १२.५ किलोमिटर छ । सङ्घीय राजधानी भित्र्ने प्रमुख नाकाका रुपमा रहेको नागढुंगा–त्रिपुरेश्वर सडकको अवस्था जीर्ण हुँदा दैनिक हजारौँ यात्रुले कष्टकर यात्रा गरिरहनु परेको छ । सडकमा ठूल्ठूला खाल्डाखुल्डी हुँदा घन्टौँसम्म सवारी जाम हुने गर्छ । सडक आसपासका बासिन्दा घाम लाग्दा धुलो खान र पानी पर्दा हिलो व्यहोर्न बाध्य छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE