Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

शिवम् सिमेन्टले चार गाउँलाई खतरा

काठमाडौं, मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । खबर छ–उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्। संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गरेको छ। ‘चार गाविसका करिब ४० हजारभन्दा बढी घरपरिबार जोखिममा मात्रै होइन, विस्थापित हुने अवस्थामा पुगेका छन्’ समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिका सभापति सुभासचन्द शाह ठकुरीले भने, ‘शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण वरिपरिका गाविसका बासिन्दाको अवस्था दयनीय भेटिएको छ।’ उनका अनुसार स्थानीय बासिन्दाको गुनासोका आधारमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो। उनका अनुसार उद्योगबाट निस्कने धुवाँ र काम नलाग्ने फोहोरजन्य धुलोका कारण बन, जंगली जनावर, वातावरण, खानेपानी, कृषि, मानव स्वास्थ्य, नदी र नदीमा रहने जीवजन्तु, पर्यावरणलगायत क्षेत्रमा प्रतिकूल असर पारेको छ। उपसमितिले दिएको प्रतिवेदनअनुसार सिमेन्टको खानी क्षेत्रका कारण मकवानपुरको सुकौरा गाविसका वडा नम्बर २, ३,४, ५, ६, ७ र ८ का कलवान, तारुबास, बुर्जालेक, चापकीलेक तथा बुढीचौर गाविसका बडा नम्बर ३ र ६ का गुर्दुमबस्ती र ठिंगनका साथै आमभन्ज्याङ गाविसका बासिन्दा पहिरोको समेत उच्च जोखिममा परेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending