Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कञ्चनपुरमा निर्मला हत्या काण्डः एसपी विष्टका छोराको यस्तो बयान

काठमाडाैं । कञ्चनपुरकी निर्मला पन्त हत्यामा संलग्न भनिएका निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त हत्याकाण्डमा सामेल नरहेको बताएका छन् । विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’ साथै उनले आफू साउन १० गते जन्म दिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहान्छु । ’ यस्तो छ एसपी विष्टका छोराले जारी गरेको आफ्नो धारणाःहामीले कल्पना नै गर्न नसक्ने निन्दनिय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रचारप्रसार भएको कुरा निराधार र तथ्यहिन भ्रामक समाचार तयार गरी प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको हुनाले आधिकारिकता पूष्टी नभई प्रमाण विना प्रशारण नगर्न अनुरोध गर्न चाहन्छु । –साउन १० गतेका दिन मेरो जन्म दिन भएको साथै फोटोसुट गर्ने कार्यक्रम रहेकाले दिन भरी व्यस्त थिएँ र राति साथीसँग आफ्नै घरमा जन्मदिन मनाएको कुरा अवगत गराउन चाहान्छु । –निर्मला पन्त बहिनीले न्याय पाउनुपर्दछ र असली अपराधीले सजाय यसको लागी इन्भेस्टीगेसनका लागि प्रोसेसमा आवश्यक परेको खण्डमा इन्भेस्टीगेसन टिमलाई सहयोग गर्न सँधै तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन चाहान्छु । –बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहान्छु । विना गल्ती सामाजिक सञ्जाल र मानसिक यातना खेप्नु परेको, इज्जत र करियरमा दाग लगाई भविष्य अन्धकार बनाउन खोजिएकोमा आधिकारीकता पुष्टी नभई विना प्रमाण सूचना प्रेषण गरी अफवाह फैलाउने सामाजिक सञ्जालहरुमाथि छानविन गरी आवश्यक कारवाही गर्न सरकारसँग माग गर्दछु । –मैले मिडियो मार्फत यस्तो तथ्यहिन कुराको जानकारी पाएको हुँदा उक्त विषय किन र के का आधारमा प्रेषण गरिएको हो । सो कुराको पुष्टी गर्न अनलाईन खबरलाई अनुरोध । अन्तमाः पत्रकार ज्यूहरुले सत्य र तथ्य कुरा मात्र प्रसारण गर्न विनम्र अनुरोध गर्दछु । एसपी विष्टको छोरा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending