Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

छोराको शालिक हेर्ने धोको छः शहीद परिवार

कञ्चनपुर । साेमबार बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उनको परिवार शोकमा डुबेको थियो । यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गरेयता उनका बुबा वीरबहादुरको आँखाबाट बगेको आँशुको भेल अझै रोकिएको छैन ।

विसं २०६६ अघिसम्म भीमदत्तनगरपालिका–१६ वसन्तपुरमा कमैया जीवन बिताएका वीरबहादुर हाल भीमदत्तनगरपालिका कार्यालयमा नगर सरसफाइका जागिरे हुन् । कमैया मुक्त भएपछि भगतपुरमा मिलेको साढे चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी बनाएर परिवार पालिरहेका वीरबहादुर छोरा सनीको निधनले स्तब्ध मात्रै छैनन्, आफ्नो जीवनको सहारा गुमाउँदा अथाह पीडामा डूबेका छन् ।

सनीका आमा मञ्जु खुना पनि गहभरि आँशु लिएर सहानुभूतिका लागि आउने आफन्तजनसित कुराकानी गर्छिन् । \'छोरा शहीद भए पनि नियतिले घरपरिवरको खुशी नै लुटेको छ\', उनले भनिन्, \'निर्दोष सनी छातीमा गोली थापेर शहीद बन्यो ।\'

पछिल्लो समय ज्याला मजदुरीमा लागेर परिवारको खर्च चलाउन सहयोगी बनेका सनीले अध्ययन भने गर्न सकेनन् । \'आर्थिक अवस्था निकै कमजोर भएकाले सनीको ४ कक्षामै पढाइ रोके\' आमा मञ्जुले भनिन, \'केही गरेर परिवार चलाउँ भन्ने बेला सपना सबै उडेँ ।\'

उनले छोराले गोली खाएको ठाउँमा शहीद सनीको शालिक बनाएको देख्ने आफ्नो धोको रहेको सुनाइन । \'छोरा ढलेको ठाउँमा उसको शालिक बनाइदिए हुन्थ्यो । मञ्जुले भनिन्, \'छोराको शालिक हेरेर चित्त बुझाउनु हुन्थ्यो ।\'

मञ्जु पनि गएकाे दुई वर्षदेखि भीमदत्तनगरस्थित मन्टेश्वरी स्कूलमा खाना बनाउने काम गर्छिन् । \'घटना भएको दिन दिउँसोसम्म सनी घरमै थियो\', उनी भनिन्, \'ठूलोबुबाको छोरा उमेशसित काम गरेको पैसा लिन गएछ, फर्केर आएन\', मञ्जु शहीद सनीका कान्छी आमा हुन् ।

सनी अढाइ वर्षको छँदा उहाँकी आमा मायादेवी खुनाको निधन भएको थियो । सनीका भाइ एलुन खुना अहिले पाँच वर्षका छन् भने दुईवटै दिदीको विवाह भइसकेको छ ।

रक्षाबन्धनकै दिन भाईको शव देख्दा सनीका दुई दिदी त्यो दिन रोएर बिताएको मञ्जुको भनाइ छ ।

निर्मला काण्डको एक महिना

बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएका कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक महिना बितेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरे पनि स्थानीय र मृतकका आफन्तले भने त्यसलाई इन्कार गरे ।

साेमबार राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महिनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताए ।

\'घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ”, बुबा यज्ञराजले भने, “यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।”

उनले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गरे । “निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्”, उनले भने, “निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।” निर्मलाको खोजी कार्यका लागि पुग्दा प्रहरीबाट बेवास्ता भएको उनको भनाइ छ ।

“समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो”, उनले भने, “न्याय नपाएसम्म लडिरहनेछु ।” गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए ।

सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धानका लागि अधिकृत तोकिएको छ । आन्दोलनका कारण अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।

बम दिदीबहिनीको म्याद थप

त्यसैगरी घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको छ ।

म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको काम शुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending