नुवाकोट, ११ भदौ । काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि आज दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ । बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै दिनभरी सो गाडी स्थानीयवासीले रोकेका थिए । मृतकको परिवारले तीनपीप्ले–ओखरपौवा सडक ठप्प पारेका थिए ।
मृतकको परिवारलाई रु २० लाख क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलेको ककनी–१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए । स्थानीय तह–कामपा– –फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलपछि साँझ रु २० लाख क्षतिपूर्ति दिने सहमति भएको थियो ।
फोहर फाल्ने ठेक्का पाएको कम्पनीले रु १५ लाख र कामपाले रु पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । पीडित पक्षले क्षतिपूर्तिस्वरुप रु ३० लाख र मृतकको परिवारका एक सदस्यलाई कामपामा रोजगारी दिनुपर्ने माग राखेर सडक बन्द गराएको थियो । छलफलपछि क्षतिपूर्तिस्वरुप रु. २० लाख र परिवारको एक सदस्यलाई महानगरले कर्मचारी आवश्यकताको विज्ञापन गरेका बेलामा उच्च प्राथमिकता दिने सहमति भएको वडाध्यक्ष बलामीले बताए ।
कामपाले पीडित परिवारलाई आज नै रु ५० हजार दिएको छ । मंगलबार रु एक लाख र बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । यस्तै चालकको चरम लापर्वाहीको कारण बलामीको मृत्यु भएकाले उनलाई कानूनअनुसारको हदैसम्मको कारवाहीका लागि पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: