काठमाडौँ, १० भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ ।
विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकैरुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ । कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन् । यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो । मुख्य द्वार नजिकै प्रहरी चेकिङस्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशका कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछ । सहयोगीको रुपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि डिपार्चरतर्फ लामबद्ध हुनासाथ (१०–१५ मिनेट सम्ममा) विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ । विमानस्थल सेवाप्रदायक व्यक्तिका सवारी साधनबाहेक अन्य यात्रु संबद्ध सवारी साधनको हकमा यात्रु लिइ आउने जुनसुकै साधन यात्रु÷समान अवतरण गर्नासाथ पार्किङतर्फ नगई तत्कालै बाहिर प्रस्थान गर्न अनुरोध गरिएको छ । विमानस्थल पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिइ आएका बाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले रिङरोड नजिकको विमानस्थल प्रवेसद्वारबाट प्रवेशसमेत अनुरोध गरेको छ । यात्रुसँग पहिले नै सम्पर्क÷पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन आग्रह गरेको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: