काठमाडौं, ९ भदौ । सभामुख कृष्णबहादुर महराले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । प्याब्सन काठमाडौंले आज (शनिबार) त्रिपुरेश्वरमा आयोजना गरेको एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने अवस्था रहेको चर्चा गर्नुहुँदै सभामुख महराले शिक्षा सम्बन्धी ऐन संशोधन गर्नुपर्नेतर्फ सबैलाई महसुस भएको बताए।
‘सरकारी विद्यालय होस् या गैरसरकारी नै शिक्षा क्षेत्रमा व्यापक सुधार गर्न जरुरी छ’, उनले भने, ‘शिक्षालाई राज्यको मौलिक हकका रुपमा परिभाषित गर्नुपर्ने माग उठ्न थालेको पनि धेरै भइसकेको छ ।’
एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिरहँदा आफूले ४० वर्षअघि आफूले एसएलसी दिदाका क्षणहरु सम्झिरहेको बताए । ‘मैले झण्डै ४० वर्षअघि एसएलसी उतीर्ण गरेको थिएँ, एसईईमा उतीर्ण तपाईंहरुलाई सम्मान गरिरहँदा मलाई त्यतिबेलाका क्षणहरुको याद आइरहेको छ ।’
शिक्षा क्षेत्रलाई आफूले नजिकबाट महसुस गरेको चर्चा गर्नुहुँदै सभामुख महराले आफूले १० वर्ष पढेकै स्कुलमा शिक्षकको रुपमा १२ वर्ष थुप्रै विद्यार्थीहरुलाई पढाएको बताए ।
‘मैले पढाएका विद्यार्थीहरुमध्ये अहिलेको उपराष्ट्रपति, ऊर्जामन्त्री, पूर्वसभामुख, प्रदेशमन्त्रीलगायत थुप्रै हुनुहुन्छ’ उनले भने, ‘केही त अर्कै पार्टी खोलेर त्यसको अध्यक्ष पनि भइसक्नुभएको छ । उहाँहरु स्कुलको विद्यार्थी मात्रै नभई राजनीतिक विद्यार्थी पनि हो ।’
सरकारले केही समयपछि शिक्षासम्बन्धी ऐन विधेयकका रुपमा संसदमा पेश गर्ने भन्दै सभामुख महराले शिक्षा क्षेत्रमा उठिरहेका विषयहरुमा सरोकारवालाको हैसियतले बहसमा भाग लिन आग्रह गरे । ‘विधेयकमा तपाईंहरुले उठाइरहेका सरोकारका विषयहरु पर्छन् कि पर्दैनन्, नपरे पनि त्यहाँ छलफलका लागि यहाँहरुलाई म मेरो ठाउँबाट सक्दो सहयोग गर्नेछु ।’
सो अवसरमा २०७४ को एसईई परीक्षामा ४ जीपीए ल्याउने काठमाडौंका १५ जना विद्यार्थीहरु, प्रदेश सभा सदस्य दीपक निरौला, विद्यालयहरु, विद्यालय कर्मचारी, शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: