Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

विद्यार्थीविहीन भएपछि विद्यालय बन्द

भद्रपुर, ८ भदौ । विद्यार्थीविहीन भएपछि झापा मेचीनगर–१ स्थित जनकल्याण प्राथमिक विद्यालय बन्द भएको छ ।  शैक्षिक सत्र शुरु भएको एक महिनासम्म विद्यालय खुला गरिए पनि कुनै विद्यार्थी भर्नाका लागि नआएको र भएका सबै विद्यार्थीसमेत अन्यत्र गएका कारण विद्यालय बन्द गरिएको मेची नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव विष्टले बताए । 

२०४५ सालमा स्थापना भएको सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा विगत केही वर्षदेखि विद्यार्थी भर्ना हुन आउने क्रम घटेको थियो । अघिल्लो शैक्षिक सत्रमा २० जना मात्र विद्यार्थी रहेको तत्कालीन बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दीपेन्द्र सुब्बाले बताए ।

विद्यालयमा गुणस्तरीय पढाइ नभएको भन्दै अभिभावकको बारम्बार गुनासो आइरहन्थ्यो । अभिभावकले नै मेचीनगर नगरपालिका शिक्षा शाखामा विद्यार्थीविहीन विद्यालय बन्द गरी पाऊ भनी निवेदन दिएका थिए । विद्यालयमा प्राथमिक तहका तीन जना शिक्षक, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत थिए । मेचीनगर नगरपालिका शिक्षा परिषद्को २०७५ जेठ २८ गतेको बैठकले त्यहाँ कार्यरत शिक्षकलाई मेचीनगर क्षेत्रकै अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ भने कार्यालय सहयोगीलाई वडा कार्यालयमा राखिएको प्रमुख विष्टले जानकारी दिए । उहाँका अनुसार प्रधानाध्यापक उत्तम गिरीलाई बलभद्र आदर्श आधारभूत विद्यालय मेचीनगर–३, शिक्षक लक्ष्मी गिरीलाई मेची जनसाधारण मावि मेनपा–२, शिक्षक सावित्रा दाहाललाई पवित्रा आधारभूत विद्यालय मेनपा–१, बाल विकास शिक्षक खीला पराजुली र कृष्ण पुरीलाई आधारभूत विद्यालय मेनपा–२ र कार्यालय सहयोगी वडा कार्यालय मेनपा–१ मा स्थानान्तरण गरिएको छ । बन्द रहेको विद्यालयको नाममा ४ कठ्ठा जग्गा रहेको छ । जहाँ दुई कोठे ४ वटा पक्की भवन छन् । कम्पाण्डवालसहित खानेपानीलगायत सबै पूर्वाधार रहेको विद्यालयका प्रधानाध्यापक गिरीले बताए । अभिभावकले सामुदायिक विद्यायलप्रति कम चासो देखाउने र विद्यार्थीले अङ्ग्रेजी माध्यमप्रति मोह देखाएका कारण अन्य विद्यालयमा समेत विद्यार्थी घट्ने क्रम देखिएको मेचीनगर–१५ स्थित डिगेन जनज्योति प्राथमिक विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बाँनियाले बताए। रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: