Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अाफ्नै प्रधानमन्त्रीलार्इ पार्टीभित्र 'कू' पछि नयाँ प्रधानमन्त्री

अस्ट्रेलिया । स्कट मोरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् । पार्टीभित्र व्यापक विरोधको सामना गरिरहेका बहालवाला प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले पद छोड्न भनेकाे हाे । अस्ट्रेलियाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले नेतृत्वको प्रतिस्पर्धामा समेत सामेल हुन दिएँन । टर्नबुल पार्टीभित्र निकै आलोचित रहेका थिए । पार्टीको अन्तरिक मतदानमा वर्तमान सरकारमा अर्थमन्त्री रहेका स्कट मोरिसन र गृहमन्त्री पीटर डटनबीच प्रतिस्पर्धा भएको थियो जसमा मोरिसनले ४५ मत प्राप्त गरेका थिए । कुल ४० मत पाएका डटनले नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्ने बताएका छन् । टर्नबुल गएको एक दशक यता यसरी पदमुक्त भएका चौथा प्रधानमन्त्री हुन् । लिबरल पार्टीका नेता म्यालकम टर्नबुल आफ्नै पार्टीबाट विरोधको सामना गर्दैथिए । पछिल्लो समय उनको सरकारका केही मन्त्रीहरूले समेत राजिनामा दिइसकेका छन् । कयौं सांसदहरूले एउटा पत्रमा हस्ताक्षर गर्दै मतदान गर्ने भनेपछि म्याल्कम टर्नबुल यसका लागि तयार भएका थिए । बिहीबार मात्रै उनले अस्ट्रेलियामा जे जे भइराखेको छ त्यसलाई देखेर धेरै मान्छे अचम्ममा पर्ने अभिव्यक्ति दिएका थिए । स्कट मोरिसन ‘टुरिज्म अस्ट्रेलिया’का पूर्व प्रबन्ध निर्देशक रहिसकेका छन् । उनले यस अघि अप्रवासन र सामाजिक सेवा सम्बन्धि मन्त्रालय सम्हालिसकेका छन् । विदेशमन्त्री जुली बिसप पनि या दौडमा सामेल थिइन् तर उनी अन्तिम चरणसम्म पुग्न सकिनन् । शुक्रवार समाप्त भएको मतदान अस्ट्रेलियाको राजनीतिक इतिहासमा नै सर्वाधिक नाटकीय रहेको बताइएको छ सुरुमा मोरिसन यस दौडमै सामेल थिएनन् । मंगलवार मात्र पीटर डटन म्याल्कम टर्नबुलसँग प्रतिस्पर्धा हारेका थिए । तर म्याल्कमका प्रमुख समर्थकहरूले उनको साथ छोडेपछि मोरिसन र बिसप पनि प्रतिस्पर्धामा उत्रिएका थिए । पीटर डटनको निष्ठा गृहमन्त्री पीटर डटनले स्कट मोरिसनलाई बधाई दिएका छन् । उनले भने, ‘यहाँ मेरो काम स्कट मोरिसनप्रति पूर्णरुपले निष्ठा प्रदर्शन गर्नु हो र यो प्रमाणित गर्नु छ कि हामी आगामी चुनाव जितौं ।’ तीनै नेता स्कट मोरिसन, म्याल्कम टर्नबुल र जुली बिसपले मतदान लगत्तै कुनै प्रतिक्रिया दिएका छैनन् । अस्ट्रेलियाको राजनीतिमा पछिल्लो समय छिटो–छिटो उथल–पुथल चलिरहेको छ । पछिल्लो समय कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल (३ वर्ष) पूरा गर्न पाएका छैनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending