Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

के ट्रम्पलार्इ लगाइँदै छ महाअभियोग ? महाअभियोगबारे किन मुख खोले ट्रम्पले ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार टाट पल्टने अनि सबै जना गरिब हुनसक्ने बताएका छन् । राष्ट्रपतिले यसरी आफूलाई महाअभियोग लाग्ने सम्भावनाबारे यसअघि विरलै बोलेका थिए । ट्रम्पले भने- जसले महान् कार्य गर्छ उसलाई कसैले महाअभियोग लगाउन सक्दैन । मङ्गलवार राष्ट्रपतिका पूर्ववकिल माइकल कोअनले ट्रम्पको आदेशमा उनले अमेरिकाको चुनावी कानुन उल्लङ्घन गरेको एउटा अदालतलाई बताएका थिए । सम्वाददाताहरूका अनुसार ट्रम्पका विपक्षीहरूले नोभेम्बरको मध्यावधि चुनावअघि उनीमाथि महाअभियोग लगाउने प्रयास गर्ने सम्भावना छैन । कोअनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पसँग सम्बन्ध रहेका भनिएका दुई महिलालाई मौन रहन रकम दिएको बताएका थिए । ती दुई महिला पोर्न चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्स र प्लेबोइकी पूर्वमोडल क्यारन मक्डुगल दुवैले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दावी गर्छन् । कोअनले चुनावमा प्रभाव नपरोस् भन्ने मुख्य उद्देश्यका लागि ट्रम्पको निर्देशनमा रकम दिएको बताए । तर ट्रम्पले दुई जनालाई दिइएको रकमले चुनावी अभियानको कानुन उल्लङ्घन नगरेको बताएका छन् । उनका अनुसार उक्त रकमको भुक्तानी चुनावी अभियान कोषबाट नभएर व्यक्तिगत रूपमा गरिएको थियो । तर त्यस्तो भुक्तानीबारे उनलाई पछि मात्रै थाहा भएको उनले बताए । राष्ट्रपतिले कोअनले कम सजाय पाउनका लागि मिथ्या कुरा गरेको आरोप लगाएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending