Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस् !

\"\"तुलसीपुर। के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ रु अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ । तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या नपरोस् भन्ने उद्देश्यले तुलसीपुर नगर जेसिजले अनकल रगत आपूर्तिको व्यवस्था मिलाएको तुलसीपुर नगर जेसिजका अध्यक्ष दीपेश भण्डारीले बताए । जेसिजले आफ्ना सदस्यहरुको ब्लड ग्रुप क्याम्प गरी कुन सदस्यको कस्तो ग्रुपको ब्लड छ सो ग्रुप वर्गीकरण गरी तालिका निर्माण गरेर अञ्चल अस्पताल तुलसीपुर र रक्तसञ्चार केन्द्रमा उपलब्ध गराएको छ । तालिकामा दुर्लभ रगतदेखि सबै किसिमका ब्लड ग्रुप भएका सदस्यहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराएको जेसिजले जनाएको छ । सोही अनुसार आवश्यक परेको बेला फोन गरी सदस्यहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाएको अध्यक्ष भण्डारीले बताए । जेसिजले २४सौँ घण्टा जति बेला पनि बिरामीलाई आवश्यक परेको समयमा आवश्यक रगत उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ । ९१ जना सदस्यको ब्लड ग्रुप, नाम, फोन नम्बरसहित अनकल ब्लडको व्यवस्था गरेको जेसिजका महासचिव नेत्रलाल भट्टराईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending