Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो !

काठमाडाैं । नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । आजको कान्तिपुर दैनिकमा याे खबर छ - भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन्। कला/संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन्। माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट दुई साताअघि मात्रै आएकी उनलाई सिर्जन प्रजापतिले सिकाइरहेका छन्। सँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्न व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ। ‘यसपटक माटोका भाँडा सिक्नै आएको हुँ,’ सान्सी प्रान्तबाट आएकी उनले भनिन्। लिलीको यो तेस्रो नेपाल भ्रमण हो। अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन्। तर ती दुवै बनाउन कठिन लागेपछि माटोका कलातिर तानिइन्। ‘थाङका, पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एक साथीमार्फत यहाँ सिक्ने व्यवस्था मिलेको हो।’ हाइस्कुल सकाएर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने बताइन्। यसपटक भने विशेष सीप सिकेर जाने उद्देश्यले आएकी हुन्। चीनमा पनि सेरामिक्सको भाँडा बनाइन्छ, तर उनी बस्ने वरपर बनाउँदैनन् रे। ‘घुम्न नि पाइने, सिक्न नि पाइने,’ उनले खुसी व्यक्त गरिन्। उनी चीन फर्किएर यसकै व्यवसाय गर्न चाहन्छिन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: