Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन धमाधम केन्द्रलार्इ बुझाउँदै छ । जसअन्तर्गत तीन वटा प्रदेशले सर्वसम्मत सिफारिस गरेका छन् । सर्वसम्मत सिफारिस गर्नेहरूमा ३, गण्डकि र ७ नम्बर प्रदेश रहेका छन् । उनीहरूले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् । कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ । प्रदेश नम्बर ३ मा पूर्वएमालेले १० र पूर्वमाअोवादीले १० स्थानमा नेतृत्वको लिने गरि अाइतबार नेकपाका महासचिव बिष्णु पाैडेललार्इ कार्यदलले प्रतिवेदन बुझाएको छ । पूर्वएमालेबाट नेतृत्व लिने जिल्लाहरू
  • काठमाडौंमा रामशरण ढुंगाना
  • मकवानपुरमा बद्री लम्साल
  • धादिङमा नेत्रराज पौडेल
  • रसुवामा कर्णेल लामा
  • सिन्धुपाल्चोकमा झम्क नेपाल
  • दोलखामा भीम दाहाल
  • ललितपुरमा हरिकृष्ण व्यञ्जनकार
पूर्वमाअोवादीबाट  नेतृत्व लिने जिल्लाहरू
  • काभ्रेमा सुर्यमान दोङ
  • चितवनमा
  • सिन्धुलीमा
  • रामेछापमा
  • नुवाकोटमा
यी स्थानहरूमा पूर्वमाअोवादीले साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । त्यसैगरि भक्तपुर पनि पूर्वएमालेले लिने भएपनि विवादका कारण टुंगिएको छैन् । त्यस्तै चितवनमा माअोवादीले पाउने निश्चित भएपनि विवादका कारण नाम सिफारिस हुन नसकेको एक नेताले बताए । त्यसैगरि गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ । केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ । एकल नाम सिफारिस भएकाहरू
  • गोरखामा प्रेम गुरुङ
  • कास्कीमा दामोदर बैरागी
  • लमजुङमा कृष्णराज अधिकारी
  • म्याग्दीमा हरिकृष्ण श्रेष्ठ
  • बाग्लुङमा कृष्ण पाठक
  • मुस्ताङमा रमेश भट्टचन
  • मनाङमा त्रिपल गुरुङ
संयुक्त नाम सिफारिस भएकाहरू
  • तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना
  • पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी
  • नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ
  • स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठ
त्यसैगरि कर्णाली प्रदेशमा १ सय ७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने र जिल्लाको नेतृत्व बराबर हुने गरी एकीकरण कार्यदलले प्रतिवेदन बुझाएपनि मुगु र कालिकोटको नेतृत्व विवाद बल्झिएपछि जिल्लाको नेतृत्वको नामसहित पुनः प्रतिवेदन बुझाउने गरी कार्यदलले छलफल गरिरहेको छ । यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वएमालेले नेतृत्व लिने जिल्ला
  • सुर्खेत
  • दैलेख
  • डोल्पा
  • जुम्ला
यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
  • सल्यान
  • जाजरकोट
  • पश्चिम रुकुम
  • हुम्ला
विवादका कारण टुंगो नलागेका जिल्ला
  • मुगु
  • कालिकोट
त्यसैगरि प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ । प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्ने भएको छ । प्रदेश एकीकरण कार्यदलले अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो । थापा पूर्वएमाले र जोशी पूर्वमाओवादीका नेता हुन् । १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहने गरी कार्यदलले महासचिव पौडेललाई प्रतिवेदन बुझाएको छ । पूर्वएमालेले नेतृत्व लिने जिल्ला
  • बाजुरा
  • अछाम
  • डोटी
  • कैलाली
  • बैतडी
पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
  • बझाङ,
  • डडेल्धुरा
  • दार्चुला
  • कञ्चनपुर
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending