Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन धमाधम केन्द्रलार्इ बुझाउँदै छ । जसअन्तर्गत तीन वटा प्रदेशले सर्वसम्मत सिफारिस गरेका छन् । सर्वसम्मत सिफारिस गर्नेहरूमा ३, गण्डकि र ७ नम्बर प्रदेश रहेका छन् । उनीहरूले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् । कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ । प्रदेश नम्बर ३ मा पूर्वएमालेले १० र पूर्वमाअोवादीले १० स्थानमा नेतृत्वको लिने गरि अाइतबार नेकपाका महासचिव बिष्णु पाैडेललार्इ कार्यदलले प्रतिवेदन बुझाएको छ । पूर्वएमालेबाट नेतृत्व लिने जिल्लाहरू
  • काठमाडौंमा रामशरण ढुंगाना
  • मकवानपुरमा बद्री लम्साल
  • धादिङमा नेत्रराज पौडेल
  • रसुवामा कर्णेल लामा
  • सिन्धुपाल्चोकमा झम्क नेपाल
  • दोलखामा भीम दाहाल
  • ललितपुरमा हरिकृष्ण व्यञ्जनकार
पूर्वमाअोवादीबाट  नेतृत्व लिने जिल्लाहरू
  • काभ्रेमा सुर्यमान दोङ
  • चितवनमा
  • सिन्धुलीमा
  • रामेछापमा
  • नुवाकोटमा
यी स्थानहरूमा पूर्वमाअोवादीले साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । त्यसैगरि भक्तपुर पनि पूर्वएमालेले लिने भएपनि विवादका कारण टुंगिएको छैन् । त्यस्तै चितवनमा माअोवादीले पाउने निश्चित भएपनि विवादका कारण नाम सिफारिस हुन नसकेको एक नेताले बताए । त्यसैगरि गण्डकी प्रदेशमा १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ । केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ । एकल नाम सिफारिस भएकाहरू
  • गोरखामा प्रेम गुरुङ
  • कास्कीमा दामोदर बैरागी
  • लमजुङमा कृष्णराज अधिकारी
  • म्याग्दीमा हरिकृष्ण श्रेष्ठ
  • बाग्लुङमा कृष्ण पाठक
  • मुस्ताङमा रमेश भट्टचन
  • मनाङमा त्रिपल गुरुङ
संयुक्त नाम सिफारिस भएकाहरू
  • तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना
  • पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी
  • नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ
  • स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठ
त्यसैगरि कर्णाली प्रदेशमा १ सय ७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने र जिल्लाको नेतृत्व बराबर हुने गरी एकीकरण कार्यदलले प्रतिवेदन बुझाएपनि मुगु र कालिकोटको नेतृत्व विवाद बल्झिएपछि जिल्लाको नेतृत्वको नामसहित पुनः प्रतिवेदन बुझाउने गरी कार्यदलले छलफल गरिरहेको छ । यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वएमालेले नेतृत्व लिने जिल्ला
  • सुर्खेत
  • दैलेख
  • डोल्पा
  • जुम्ला
यसअघि सिफारिस भएकाहरूमध्ये पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
  • सल्यान
  • जाजरकोट
  • पश्चिम रुकुम
  • हुम्ला
विवादका कारण टुंगो नलागेका जिल्ला
  • मुगु
  • कालिकोट
त्यसैगरि प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ । प्रदेश ७ कमिटीको नेतृत्व पूर्वएमालेले गर्ने भएको छ । प्रदेश एकीकरण कार्यदलले अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो । थापा पूर्वएमाले र जोशी पूर्वमाओवादीका नेता हुन् । १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट सय र माओवादीबाट ८३ जना सदस्य रहने गरी कार्यदलले महासचिव पौडेललाई प्रतिवेदन बुझाएको छ । पूर्वएमालेले नेतृत्व लिने जिल्ला
  • बाजुरा
  • अछाम
  • डोटी
  • कैलाली
  • बैतडी
पूर्वमाओवादीले नेतृत्व लिने जिल्ला
  • बझाङ,
  • डडेल्धुरा
  • दार्चुला
  • कञ्चनपुर
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending