Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कोशी तटबन्ध फुटेको दश वर्ष, जग्गा पुरानो अवस्थामा फर्कदै

अजितकुमार झा । सुनसरी, १ भदौ ।  नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको (भदौ २) शनिबार १० वर्ष पूरा हुँदैछ ।विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदाको समयमा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए ।

कोशीको पानी गाउँमा पसेपछि त्यहाँका स्थानीय विस्थापित भएका थिए । विस्थापित भएका पीडित विस्तारै आफ्नो पुरानो दैनिकी अवस्थामा फर्किन थालेको छ । बाढीबाट क्षति भएको जग्गा अहिलेसम्म पूर्ण अवस्थामा आउन नसकेको तथा सरकारले घोषणा गरेको राहत पूर्णरुपमा समेत पाउन नसकेको गुणासो कोशी गाउँपालिका–६ का बिन्देश्वर मेहताको छ ।

यो दिनलाई कोशी बाढी पीडितले कालो दिनका रुपमा लिँदै आएका छन् । अहिले पनि कोशीमा पानी बढेको हल्ला सुन्दा उनीहरुलाई त्रास उत्पन्न हुने गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कोशी पीडितलाई घर मर्मतका लागि ३५ क्युवी काठ दिने निर्णय गरेको थियो तर अहिलेसम्म पनि त्यो परिमाण काठ नपाएको गुणासो कोशी–६ का टङ्कनाथ झाको छ ।

सुनसरीको साविक पश्चिम कुशाहा–४ र अहिले कोशी गाउँपालिका–३ स्थित कोशी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्वर नम्बर १२ दश्मलव ९० बीचमा पानीको धक्काले फुटेर विनाशकारी बाढी गाउँमा पसेको थियो । कोशीको भङ्गालो गाउँमा पसेकाले सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएको दिन भदौ २ गते १० वर्ष पूरा भएको छ । तर विस्थापित भएका कोशी पीडितको जनजीविका अझै पूर्वावस्थामा फर्कन नसकेर अधुरै छ ।

सुनसरीको कोशी बाढी पीडितको राहत, क्षतिपूर्र्ति तथा पुनःस्थापनाका विषयमा २०६५ पुस १ गते तत्कालीन गृहमन्त्री र पीडितपक्षसंँग वार्ताको भएको थियो । त्यही वार्ताका आधारमा उपप्रधानमन्त्रीस्तरीय पुस २२ गतेको निर्णयबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक एकाइ गठन गरेको थियो । त्यसको केहि समयपछि कोशी बाढी पीडितको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने गरेको प्रतिबद्धताअनुसार विसं २०६५ फागुन २२ गते मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्य कोशी बाढी पीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

सो कार्यदलले यर्थात प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १० वर्ष बित्दासमेत कार्यदलको प्रतिवेदन पूर्णरुपमा कार्यान्वन नभएको बाढी पीडितको गुनासो छ । कार्यदलको उक्त प्रतिवेदनले रातो, पहेँलो र हरियो भनी वर्गीकरण गरिएको छ । यसरी रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधार कार्यका लागि ट्याक्टर खरीद गर्न चाहनेलाई निरब्याजी ऋण उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, बाढी पीडित परिवारलाई मुलुकभर निःशुल्क स्वास्थ्योपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउने, वैदेशिक तथा स्वदेशिक रोजगारीमा बाढी पीडित परिवारका वेरोजगार युवायुवतीलाई प्राथमिकता दिइने उल्लेख छ ।

यसैगरी वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्करुपमा पठाउने व्यवस्था मिलाउने, बाँध फुटाउने (तारजाली झिक्ने, ढुङ्गा निकाल्ने) व्यक्तिको बाढी पीडित सङ्घर्ष समितिको सहयोगमा पहिचान गरी दोषीउपर कारवाहीको प्रक्रिया अगाडि बढाउने, बाढी पीडित परिवारका विद्यार्थीलाई तीन वर्षका लागि नेपालभर सरकारी तथा गैरसरकारी विद्यालय तथा क्याम्पसमा निःशुल्क अध्ययन तथा पाठ्यपुस्तकको व्यवस्था गर्ने, बाढी पीडित क्षेत्रको सम्पूर्ण क्षतिपूर्ति तथा राहत नेपाल सरकारले यथाशीघ्र निर्णय गरी बाढी पीडितलाई उपलब्ध गराउने, बाढी पीडित क्षेत्रमा भएका जग्गामा जग्गा सुधार कार्यक्रमका साथै सतह सिँचाइको व्यवस्था प्राथमिकताका साथ गर्ने, बाढीका कारण कतिपय उद्योगधन्दा, व्यवसाय र पशुपालन व्यवसायमा क्षति भएकामा सोको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका बिषयवस्तु प्रतिवेदनमा उल्लेख गरिएपनि अहिलेसम्म आंशिकरुपमा मात्रै पूरा भएको जनाएको छ ।

यसरी सरकारको निर्णय नै पूर्ण रुपमा कार्यान्वयन भएको छैन भने अर्कोतिर नियमितरुपमा उब्जाउ हुने खेतमा बालुवा नै बालुवा भएको र भङ्गालोले खण्डखण्ड र खाल्डो परेकाले १० वर्षदेखि अधिकांश कृषकले पूर्णरुपमा खेतीपाती गर्न पाएको छैन । फाटफुटरुपमा कोशी कटानका कारण बगरमा परवल खेती गरे पनि अहिलेसम्म त्यो क्षेत्रमा अन्य बाली उब्जाउ हुन नसेको र आफूहरुले पाउने राहतसमेत पाउन नसकेको कोशी गाउँपालिका–६ का जयप्रकाश साहले बताउनुभयो ।

१० वर्ष अगाडि कोशी भत्किँदा विस्थापित र पीडित बनेकाहरु पुनःस्थापित भएपछि उनीहरुको दैनिक दिनचर्यामा विस्तारै सुधार हुँदै गएको देखिन्छ । सरकारले कोशी पीडितका लागि १० वर्षको अवधिमा रु दुई अर्बभन्दा बढी खर्च गरिएको अवस्था छ । तर त्यसको प्रभावकारी अनुगमन नगरिएकाले कोशी पीडित सन्तुष्ट नभएको पाइएको छ ।

सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास र राहतलगायतको शीर्षक गरेर सहयोग गरेको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । विभिन्न शीर्षकमा राहत वितरण गरेको भए पनि प्रभावकारी अनुगमन नभएका कारणले केही कोशी पीडित करोडपतिसमेत बनेका छन् भने केही अझै राहतको पर्खाईमा बसेका छन् । त्यसैले कोशी बाढी पीडितसँगको सम्झौता तत्काल कार्यान्वयन गर्नु जरुरी देखिन्छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending