Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

भारतीय प्रमको चौथो नेपाल भ्रमणबाट सम्बन्ध फराकिलो हुने विश्वास

काठमाडौँ, २९ साउन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताए । भारतीय राजदूतका अनुसार काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गरेका छन् । सो अवसरमा एकीकृत राप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारत स्वतन्त्र भएको ठीक ७० वर्षका अवधिमा आर्थिक विकासमा ठूलो प्रगति गरेको बताए । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको बताउँदै नेपालको पूर्वाधार निर्माण र उत्पादनसहित आर्थिक विकासमा भारतले सहयोग बढाउने विश्वास व्यक्त गरे । नेकपाका नेता डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै दुई मुलुकबीचको हवाई क्षेत्रको विस्तार र सीमा क्षेत्रमा डुबानको समस्या न्यूनीकरणका लागि भारतसँग सहकार्य भइरहेको उल्लेख गरे । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताए । उनले नेपालमा रेलको विकासका लागि नेपाल आफैँ लगानी गर्न असमर्थ रहेकाले भारत र चीन दुवैको अनुदानमा रेल सञ्चालन हुनुपर्ने औँल्याए । डा महतले भारतसँगको सम्बन्धलाई कुनै पनि राजनीतिक दलले सत्तामा रहँदा तथा विपक्षमा रहँदा फरक फरक विचार राखी खेलाँची गर्न नहुनेमा जोड दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE