बैतडी, २८ साउन । आज बिहान पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलङ्गा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको छ ।
केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनका लागि बैतडीको पाटनबाट डोजरलाई पठाइएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । लगातारको पानी, त्यसमा पनि ठूलो पहिरो खसेकाले गाह्रो भएको छ, उहाँले भन्नुभयो, “डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन लगाउने तयारी गरेका छौं ।” राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा र बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । –––
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: