Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !

काठमाडाैं । ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। अाजकाे अन्नपुर्ण दैनिकमा याे खबर छ - तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्। काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए। कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए। असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए। वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ। गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: