Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

करोडाैंको जग्गा हडप्न जिउँदो मान्छेलार्इ मृत्यु दर्ताको प्रमाणपत्र

महोत्तरी । ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् । आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्साफका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभएर अपरिचित मानिस देख्नासाथ आफ्नो बिलौना सुनाउछन् ।

‘‘हजुर, कत्त नई गेली ? सिडियो साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सब्के कहिक थाइक गेली’ (हजुर, कहाँ गइन ? सिडियो साब, नेता, नगर प्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकेँ) यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भने ‘‘मुदा, हम जिन्दा आद्मीके मरल प्रमाणपत्र कोई नई सकाइर देलक’’ (तर म जिउँदो मान्छेको मरेको प्रमाणपत्र कसैले पनि सच्याइ दिएनन् ) । किशोरावस्थामै मातृवियोग भएपछि २०४८ सालमा घरमा पत्नीलाई छाडेर कमाउन भारतको पञ्जाव गएका उनी लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन् ।

यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उनी पञ्जावतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दवावमा बाबु रामवृक्षले २०६८ साल जेठ १ गते आफैँ सूचक भएर रामसेवकको मृत्युदर्ता गर्नाका साथै उनका नाउँको जग्गा नामसारी गरेर बेचेका थिए । रामसेवकको २०६७ साल कात्तिक १४ गते मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षर रहेको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेख छ । आमा कौशिल्यादेवी जीवित छँदै उनले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै बस्तीको पाँच कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिए । करोडौँ मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दवाव दिएर बाबुलाई मृत्यु दर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताए । एक वर्षअघि घर आएको आपूmलाई सौतेनी आमा र भाइले नचिन्ने बताएपछि रामसेवक अहिले बिलखबन्दमा परेका छन् ।

‘‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए)। ’’ आँखाको आँशु पुछ्दै रामसेवकले भने,, ‘‘कि करु ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’’ ( के गरौँ ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु ।)” उनले आफ्नो मृत्युदर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि कार्यालयले व्यक्तिगत घटना दर्ता सङ्घीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट समस्या निराकरण हुने जनाएको छ । ‘‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने गराउने कार्वाहीमा पर्छन्’’, प्रजिअ उमेशकुमार ढकालले सञ्चारकर्मीको जिज्ञासामा भने ‘‘यहाँ (जिल्ला)का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ ।’’ जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने गराउनेविरुद्ध जिल्ला अदालतमा मृत्यु दर्ता खारेजीसँगै जालसाँजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने यहाँका कानून व्यवसायीले बताए । पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षत्रीले जानकारी दिए । यसअघि उक्त नगरपालिका–६ वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेकोे पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ता क्षत्रीले स्पष्ट पारे । जिप्रका र कानून व्यवसायीले कानूनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भने ‘‘मन्दिरमा बसेको छु, खाने पिउने ठेगान छैन । एक वर्षदेखि कैयौँ ठाउँ धाइसक्दा पनि इन्साफ नपाउँदा मन मर्दै गएको छ । ’’ नगरपालिका प्रमुख सुनिलकुमार यादवले आफूमा यस्तो गुनासो लिखित वा मौखिक कसैले नगरेकाले सोबारे केही थाहा नभएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending