Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

मोहिनी मिश्र रिसाल । काठमाडौँ, २६ साउन । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ । सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान भारतबाट छुट्टिएर अलग्गै राष्ट्र बनेको हो । राष्ट्रपतिले त्यस अगावै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम बनाएको थियो । तर गठबन्धनको लागि प्रयाप्त संख्या नपुगेपछि अगष्ट १४ अगाबै सपथग्रहण हुन नसक्ने उहाँको पार्टीको भनाइ छ । 

पाकिस्तानका परम्परागत राजनीतिक शक्तिका रुपमा रहेका ठूला दल यसपालि पाखा लागेका छन् र यी क्रिकेट ‘स्टार’ले जनमत बटुल्नु भएको छ । उहाँलाई पाकिस्तानी जनताले स्पष्ट बहुमत नै नदिए पनि मिलीजुली सरकार निर्माणको लागि मत भने दिएका छन् । जसका कारण पाकिस्तानको अबको राजनीतिक यात्रा एउटा नयाँ तर वैकल्पिक शक्तिकारुपमा उदाएको दलले अगाडि बढाउने छ । गत महिना पाकिस्तानमा भएको आमनिर्वाचनले यो परिणाम दिइसकेको छ । तर पाकिस्तानको यो पछिल्लो आमनिर्वाचनको एउटा संयोग के भएको छ भने पहिलो दल बन्न सफल इमरान खानको पाकिस्तान तेहरिक इन्सान, पिटीआइले पाकिस्तानमा निवर्तमान प्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज शरिफका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल जानुभएको छ भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । यतिखेरका पाकिस्तानी सञ्चार माध्यमहरुमा व्यापक चर्चा यो पनि छ । खानले सपथको कार्यक्रम गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पथ पछ्याउँदै त्यस समारोहमा सार्क देशका सरकार प्रमुखहरुलाई पनि आमन्त्रण गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । तर पछिल्लो कार्यक्रममा त्यो योजना भने समावेश देखिएन । तर पनि आगामी १८ अगष्टको सपथ समारोहको अयोजना गर्ने भन्ने विषयमा भने व्यापक मात्रामा तयारी भएको बुझिएको छ । तर जे जस्तो भए पनि आगामी सरकारका लागि उहाँको सपथ र नेतृत्व भने चर्चाकै शिखरमा रहने छ । क्रिकेटमा सफलता हासिल गरेका व्यक्तिले मुलुक हाँक्ने काममा के कस्तो सफलता प्राप्त गर्नुहुने हो भन्ने चासो सबैमा छ र त्यो हुनु स्वाभाविक पनि हो । चुनाव जितेमा पाकिस्तानमा व्यापक बन्दै गएको भ्रष्टाचारको अन्त्य गर्ने, आतङ्कवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा उहाँले चुनावी एजेण्डा बनाउनुभएको थियो । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उहाँले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा पाकिस्तानमा बहस र चर्चा पनि शुरु भएको छ । पाकिस्तानमा उहाँलाई क्रिकेटको एक कप्तान कसरी सत्ताको बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ । निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११५ स्थानमा जित हासिल ग¥यो । पिटीआइले गत सोमबार खानलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सा¥यो । अगष्ट १८ मा उहाँलाई प्रधानमन्त्रीको रुपमा सपथ गराउने बताइएको छ । पार्टीेले सरकार बनाउन आवश्यक १३७ सिटको लागि यहाँका साना र स्वतन्त्र दलसँग गठबन्धनको कोशिस गर्ने निर्णय पनि गरेको छ । प्रमुख तीन दलमध्ये पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थानमा जित हात पारेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । इमरानको जन्म १९५२ को नोभेम्बरमा भएको थियो । पाकिस्तानी क्रिकेटरबाट सन्यास लिएपछि उहाँले राजनीतिक जीवन शुरु गर्नुभएको हो । उहाँ सन् २०१३ मा नै सांसद पदमा विजय हासिल गर्नुभएको थियो । सन् १०९० दशकको मध्यबाट उहाँले राजनीतिक यात्रा थाल्नुभएको थियो । पाकिस्तानी क्रिकेट टिममा उहाँले सन् १९७१ देखि १९९२ सम्म खेल्नुभएको थियो । सन् १९८२ देखि उनी १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तानका रुपमा काम गर्दा पनि उहाँ चर्चित नै व्यक्ति हो । सन् १९८७ मा उहाँले क्रिकेटबाट सन्यास लिएको भएता पनि १९८८ मा उहाँलाई पुनः क्रिकेट टिममा समावेश गर्न आग्रह गरियो । खानले ३९ वर्षको उमेरमा पाकिस्तानलाई विश्वकपमा विजयी गराउनुभयो । उहाँले तीन हजार ८०७ रन र ३६२ विकेटको रेकर्ड पनि बनाउन सफल हुनुभयो । सन् १९९६ मा खानले ‘पाकिस्तान तेहरिक¬–ए–इन्साफ (न्यायको लागि आन्दोलन) नामको राजनीतिक पार्टीको स्थापना गरी यसको अध्यक्ष बन्नुभयो । यही पार्टीको राजनीतिक यात्राले उहाँलाई पाकिस्तानको प्रधानमन्त्रीको पदसम्म पु¥यायो । आफ्नो सपथग्रहणमा छिमेक देश र अन्य देशका केही राजनीतिक नेता नभई भारतीय प्रख्यात क्रिकेटरहरु र अभिनेता आमिर खानलाई बोलाउने उहाँको सोँच रहेको छ, यद्यपी यो निर्णय भने भइसकेको छैन । उहाँले निर्वाचनमा गरेको भारतसँगको सम्बन्ध विस्तारको एजेण्डमा यो पहलले पनि केही सहयोग पु¥याउन सक्ने अपेक्षा भने गरिएको छ । पाकिस्तानको शासन सत्ताको बागडोर आफूले सम्हालेलगत्तै भिन्न किसिमबाट मुलुकलाई अघि लैजाने बाचा खानले गर्नुभएको छ । सरकारी निकायको क्षमता सुदृढ गर्ने तथा सम्मान र समानताका आधारमा परराष्ट्र सम्बन्ध विकास गर्ने पनि उहाँले बताउनु भएको छ । पाकिस्तानमा सत्तासिन एक पार्टीले अर्को पार्टीलाई लगाउने गरेको भ्रष्ट्राचारको आरोपजस्ता कार्यलाई निर्मुल पार्न भ्रष्ट्राचार नै नियन्त्रणको काम गर्ने उहाँले बताउनु भएको छ । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाइरहेको अवस्थामा ७१ वर्षको इतिहास रहेको यस मुलुकलाई कसरी हाँक्नुहुन्छ भन्ने विषयमा जनता उत्सुक नै भइरहेका छन् । वास्तविकता के हो भने पाकिस्तान पार्टीहरु भ्रष्ट्राचारको दलदलमा फसेकोले यस पटक नागरिकले नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको पार्टीले यहाँका परम्परागत र पुरानो विरासत भएका अरु पार्टीलाई एक किसिमले भन्ने हो भने विस्थापित नै गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ । पाकिस्तानी तालिबान, अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारी समूहले तहसनहस बनाएको देश पाकिस्तानमा इमारनको पार्टी १३७ स्थानमा जितेको भए एकलौटी निर्णयले केही गथ्र्यो होला । तर अबको गठबन्धन सरकार निर्माणमा गर्नु पर्ने र उहाँले चुनौतिको सामाना गर्नु पर्ने अवस्था रहेको छ । आतङ्कवादले सताएको र राजनीतिमा पनि सेनाको भित्री सहयोग चाहिने गरेको भनिएको यस देशमा खेलकूद क्षेत्रका यी सफल व्यक्तित्वले राजनीतिक सफलता पनि हासिल गर्न सकुन् भन्ने कामना गर्नेको सङ्ख्या बढी नै छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies